संसद विघटन भएसँगै उपसभामुख एमाले प्रवेश गर्दै,एमाले अब सबै भन्दा ठुलो दल,यी हुन् अस्तित्वमा रहेका ११ पार्टी



हाम्रो इकोनोमि

व्यवस्थापिका संसदका उपसभामुख गंगाप्रसाद यादव आज नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
शनिबार रातिदेखि संसद विघटन भएसँगै निवर्तमान उपसभामुख बनेका यादवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा आज औपचारिक कार्यक्रम गरि स्वाग गर्दैछन् ।
राप्रपा नेपालका नेता रहेका यादव उपसभामुख पदमा सर्बसम्मतीले निर्वाचित भएका थिए ।

संसद बिघटनसँगै अब मुलुकमा दलहरुको आकार फेरिएको छःस्थानीय चुनावको नतिजाका आधारमा अब ११ दलमात्र अस्थित्वमा छन्ःआकारका हिसाबले एमाले पहिलो र नेमिकपा एघारौं स्थानमा पुगेका छन्।
१ःनेकपा एमाले (२९४ सिट)
२ःनेपाली कांग्रेस (२७४ सिट)
३ःमाओवादी केन्द्र (१०६ सिट)
४ःसंघीय फोरम (३४ सिट)
५ःराजपा नेपाल (२५ सिट)
६ःफोरम लोकतान्त्रिक (६ सिट)
७ःराप्रपा (कमल थापा) (४ सिट)
८ःराष्ट्रिय जनमोर्चा (३ सिट)
९ःनयाँ शक्ति पार्टी (२ सिट)
१०ःनेपाली जनता दल (२ सिट)
११ःनेपाल मजदूर किसान पार्टी (१ सिट)
पुनश्चः४ स्वतन्त्रमध्ये डोल्पा र मुस्ताङका २ एमाले प्रवेश गरेपछि एमालेको सिट २९६ पुगेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...