माओबादीले सरकार नछोड्ने,मन्त्रालय फुटाऊदै देउवाले राप्रपाका मन्त्रीलाई जिम्मेवारी दिने यस्तो गर्दैछन तयारी



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रले सरकार नछोड्ने भएको छ । केन्द्रकी प्रवक्ता पम्फा भुसालले रिपोर्टसनेपालडटकमसँग कुरा गर्दै प्रधानमन्त्रीले मन्त्रीपरिषद विस्तार गरेको विषयमा अहिले पार्टी हेडक्वार्टरमा बैठक बसिरहेको जानकारी दिदै सरकार नछोड्ने बताइन् ।
निर्वाचनको मुखैमा आएर सरकार छोड्नु उचित नहुने भन्दै माओवादीले आफ्ना मन्त्रीलाई फिर्ता नबोलाउने भुसालले बताइन् ।

यसअघि हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका ८ जनालाई मन्त्रीपरिषदमा सहभागि गराएपछि माओवादी अप्ठ्यारोमा परेको छ । आठै जनालाई विनाविभागीय मन्त्री बनाइएको हो । त्यसैले पनि प्रधानमन्त्री देउवाले माओवादीबाट मन्त्री बनेकालाई हटाएर राप्रपाबाट मन्त्री भएकालाई मन्त्रालय भागबण्डा लगाउनुपर्ने बाध्यता छ ।

सहमति र सल्लाह विपरित मन्त्रीमण्डल विस्तार गरेपछि माओवादीले सरकार छाड्ने र ति मन्त्रालय राप्रपालाई दिने रणनीति देउवाले लिएको आशंका गरिएको छ । तर माओवादीले सरकार नछाड्नेभएपछि राप्रपाबाट विनाविभागिय मन्त्री बनेकाहरु अर्को समस्यामा पर्नेछन् । तर देउवाले मन्त्रालय फुटाएर भए पनि जिम्मेवारी दिने तयारी गरिरहेको श्रोतको भनाइ छ।अर्कातिर देउवाले माओबादीका मन्त्रीलाई कम्जोर मन्त्रालयमा सरुवा समेत गर्ने तयारीमा छन ।

 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...