देउवालाई लाग्ने भयो झट्का,नयाँ मन्त्रीहरूको सपथ रोकियो, राष्ट्रपति परामर्श गर्दै



हाम्रो इकोनोमि

उपप्रधानमन्त्रीमा कमल थापासहित चार जनालाई मन्त्रिपरिषद्मा थप गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोग र कानुनविद्हरूसँग परामर्श थालेकी छिन्।

शनिबार संसदको म्याद सकिनुअघि नै प्रधानमन्त्री देउवाले शुक्रबार उपप्रधानसहित चार मन्त्री थप गर्ने निर्णय गरेको पत्र राष्ट्रपति कार्यालय पुगेको थियो। देउवाले शनिबार संसद विघटन भएपछि माओवादीका मन्त्रीलाई बर्खास्त गरी थपिएका मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेका थिए।

माओवादी केन्द्र र एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भैसकेको अवस्थामा मन्त्रीपरिषद् विस्तार गर्ने कार्य आचार संहिता विपरित हुने बताइरहेका बेला राष्ट्रपति भण्डारीले सपथग्रहण गराउनुअघि निर्वाचन आयोगसँग परामर्श गर्न लागेकी हुन्।

भण्डारीले शुक्रबारबाटै कानुनविदहरूसँग अनौपचारिक परामर्श लिइरहेको बताउँदै राष्ट्रपति कार्यालय शनिबार नै नयाँ मन्त्रीहरूको सपथग्रहण हुँदैछ भन्ने हल्ला निराधार भएको जनाएको छ।

राष्ट्रपति कार्यालयले आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र कानूनविदसँग परामर्श गरेर शपथ ग्रहणबारे निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ। आयोगले यसअघि नै देउवाले विस्तार गरेको मन्त्रीपरिषद् विस्तारलाई आचारसंहिता विपरित भएको बताएको थियो।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...