अटेर गर्दै मन्त्रिपरिषद विस्तार गर्ने देउवाको निर्णय बदर गराउन निर्वाचन आयोगलाई एमालेले यस्तो दियो कडा दबाब



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णय बदर गराउन चौतर्फी दबाब बढाएको छ ।

माओवादी केन्द्रसँग गठबन्धन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र राष्ट्रपतिमार्फत देउवाको निर्णय कार्यान्वयन नगराउन दबाब दिएका हुन् ।

ओलीले प्रमुख निर्वाचन आयुक्त अयोधी यादव र राष्ट्रपति विद्यादेवी भण्डारीलाई फोन गरेर देउवाको निर्णय बदर गराउन भनेको स्रोतले बतायो । ओलीको निर्देशनअनुसार राष्ट्रपति भण्डारीले सपथ नखुवाउने अडान लिएकी छन् । अयोधी यादवले पनि आजै राष्ट्रपतिसँग परामर्श गर्दैछन् ।

प्रधानमन्त्री स्वयंले निर्वाचन आचार संहिताको धज्जी उडाउने काम गरेको भन्दै ओलीले पछिल्लो मन्त्री नियुक्ति बदर गर्न निर्वाचन आयोगले आदेश दिनुपर्ने माग गरेका हुन् ।

निर्वाचन आयोगले मन्त्रिपरिषद विस्तारको निर्णय बदर नगरे आयोगको भूमिका औचित्यहीन हुने र यस्तो आयोगले चुनाव सम्पन्न गराउन नसक्ने चेतावनी समेत एमालेले दिएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...