दार्जिलिङमा गोली चल्दा प्रहरी अधिकारीसहित दुईको मृत्यु,यसकारण चलाइयो गोली



हाम्रो इकोनोमि

प्रहरीले गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङलाई पक्रिन खोज्दा दार्जिलिङमा फेरि हिंसा भड्किएको छ। शुक्रबार भएको झडपमा एक प्रहरी अधिकृत र एक मोर्चा कार्यकर्ताको मृत्यु भएको छ।
झण्डै साढे तीन महिना लामो अनिश्चितकालीन हड्ताल अन्त्य भएको १६ दिनपछि प्रहरीले नेता विमल गुरुङलाई समात्न छापा मार्ने क्रममा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।

मृत्यु हुने प्रहरीको नाम अमिताभ मलिक रहेको बताइएको छ। झडपमा अन्य मोर्चा कार्यकर्ता पनि मारिएको आशंका गरिएको छ।

शुक्रबार बिहान ५ बजे प्रहरीले लाप्चे बस्तीमा छापा मार्न सुरु गरेको थियो।

पछिल्लो झडपपछि दार्जिलिङमा झनै संकट चुलिने आशंका गरिएको छ।

अलग राज्यको माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेको गोजमुमोमा पनि पछिल्लो समय संकट पैदा भएको छ। पार्टीबाट निकालिएका विनय तामाङ र अनित थापालाई पश्चिम बंगाल राज्य सरकारले जिटिएको प्रमुख र उपप्रमुखमा नियुक्त गरेको छ भने विमल गुरुङलाई मुद्दा लगाएको छ।

प्रहरीले खोज्न थालेपछि विमल गुरुङ भूमिगत अवस्थामा छन्। उनले विनय तामाङ र अनित थापालाई ‘गद्दार’ को संज्ञा दिएका छन्।

बिहीबार राती विमल गुरुङले आउँदो ३० अक्टोबरमा आफू दार्जिलिङ पहाडमा सार्वजनिक हुने बताएका छन्। ‘म मर्नै परे जनताको अगाडि आएर मर्छु,’ विमलले भनेका छन्।

अलग गोर्खाल्याण्ड राज्यको माग लिएर गत केही महिनामा भएका आन्दोलनहरुमा १३ जनाको ज्यान गइसकेको छ।

पछिल्लो पटक आन्दोलनकारी शक्तिबीचमै फूट देखिएपछि गोर्खाल्याण्डको माग कमजोर बनेको छ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...