अग्र्यानिक अकबरे बन्दैछ, छथरको कोसेली



हाम्रो इकोनोमि

छथर गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी यहाँको कोसेलीको रुपमा परिचित बनेको छ ।

यहाँ आएर फर्किने तथा देश विदेशमा रहनेले अकबरे खुर्सानी र यसका परिकारलाई कोसेलीको रुपमा प्रयोग गर्न थालेका हुन् । कृषकले व्यावसायिक रुपमा अकबरेखेती गर्न थालेपछि स्थानीयस्तरमै यसका विभिन्न परिकारसमेत तयार भइरहेका छन् ।

केहीवर्ष अघिसम्म आफ्नै लागि किनेर खुर्सानी प्रयोग गर्ने किसानले अहिले व्यावसायिक खेती गर्दै यही पेशाबाट जीविकोपार्जन गरिरहेका छन् । अहिले यहाँ आउने आगन्तुकले फर्किर्नबेला खोजी गर्ने कोसेलीमा सबैभन्दा धेरैले अकबरे खुर्सानीको खोजी गर्छन् ।

चाडपर्व तथा विभिन्न काम विशेषमा छथर आउने जानेले कोसेलीको रुपमा अकबरे खुर्सानीको अचार लैजाने चलन बढेको छथर गाउँपालिका–६, सुदापकी कृषक शिवमाया खड्काले बताउनुभयो । रासायनिक विषादी र मल प्रयोग नगरी किसानले उत्पादन गरेको अग्र्यानिक अकबरे खुर्सानी यहाँको अहिलेको सबैभन्दा लोकप्रिय कोसेली बनेको छ ।

यहाँको उत्पादन अग्र्यानिक र व्यावसायिक छ । त्यसैले देश विदेशमा छथरको अकबरे लोकप्रिय बन्न थालेको हो । छथरमा अकबरे खुर्सानीबाट जीविकोपार्जन गर्ने किसानको संख्या वर्षेनी थपिँदै छ । यहाँका अधिकांश किसानलाई व्यावसायिक र अग्र्यानिकखेती गर्न दलित सचेतना समाज नेपालले तालीम र बीउ पुँजी सहयोग गरेको छ ।

अकबरे खेतीमा शुरुमा महिला कृषकको मात्रै संलग्नता थियो । अहिले पुरुषले पनि यो खेतीमा मिहेनत गरेर आम्दानी गरेका छन् । व्यावसायिक खेती सुरु भएपछि गाउँमै यसको अचार बनाउने सीप सिकेका महिलासमेत धेरै रहेको सुदापकै किसान जनक दासले बताउनुभयो । अकबरे खुर्सानी अहिले प्रति किलो रु तीन सयदेखि रु ५०० सम्ममा किनबेच भइरहेको छ ।

यहाँ उत्पादित अकबरे खुर्सानी पूर्वका धरान, विराटनगर, मोरङ, झापालगायत राजधानी र विदेशमा समेत निर्यात भइरहेको छ । तर विशेषगरी कोसेलीको रुपमा विदेशतिर धेरै जाने गरेको किसान आफैँ बताउँछन् । छथर गाउँपालिकाका सबै वडामा अकबरे खुर्सानीको खेती भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
उखु किसानको अनुदान वापतको ७५ करोड रकम निकासा

    सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ ।...

तराई–मधेशका उखु किसानको काठमाडौं केन्द्रित प्रदर्शन

    सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले...

कोलकात्तामा मल रोकिँदा नेपालमा अभाव : कृषिमन्त्री

    कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको...

हालसम्म देशभर ९१ प्रतिशत धान रोपाइँ

     देशभरि हालसम्म ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा...