ओलीलाई छिर्के हानेर पछार्न यसरी उत्रिए उपेन्द्र यादव



हाम्रो इकोनोमि

मधेसविरोधी छवि बनाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मैदानमा उत्रिएका छन् ।
उपेन्द्रलाई फोरमले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिरहा क्षेत्र नम्बर १ बाट सिफारिस गरेको छ । यहाँ एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार सिफारिस गरेको छ । ओलीलाई मधेसी जनताविरोधीको आरोप लगाउँदै आएका उपेन्द्रले चुनावमै भिड्ने निर्णय लिएका हुन् । मधेसी जनताको मत लिएर ओलीसँग बदला लिन उपेन्द्र मैदानमा आएको फोरमले जनाएको छ ।
फोरमको क्षेत्रीय कार्यसमितिको निर्णयानुसार पार्टी अध्यक्ष यादवको नाम सिरहा क्षेत्र नम्बर १ बाट सिफारिस भएको फोरमका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिए ।
यसअघि आइतबार एमाले सिरहा क्षेत्र नं १ ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...