ओलीलाई छिर्के हानेर पछार्न यसरी उत्रिए उपेन्द्र यादव



हाम्रो इकोनोमि

मधेसविरोधी छवि बनाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मैदानमा उत्रिएका छन् ।
उपेन्द्रलाई फोरमले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिरहा क्षेत्र नम्बर १ बाट सिफारिस गरेको छ । यहाँ एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार सिफारिस गरेको छ । ओलीलाई मधेसी जनताविरोधीको आरोप लगाउँदै आएका उपेन्द्रले चुनावमै भिड्ने निर्णय लिएका हुन् । मधेसी जनताको मत लिएर ओलीसँग बदला लिन उपेन्द्र मैदानमा आएको फोरमले जनाएको छ ।
फोरमको क्षेत्रीय कार्यसमितिको निर्णयानुसार पार्टी अध्यक्ष यादवको नाम सिरहा क्षेत्र नम्बर १ बाट सिफारिस भएको फोरमका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिए ।
यसअघि आइतबार एमाले सिरहा क्षेत्र नं १ ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...