वाम एकतालगत्तै किन थाइल्याण्ड जाँदैछन् ओली ? पूर्वराजा पनि पुगे थाइल्याण्ड



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि (सोमबार) थाइल्याण्ड जाँदैछन् ।
नेपालमा प्रदेश र प्रतिनिधिसभा नजिकिरहेको र वाम गठबन्धन बनाएर राजनीति कोर्स बदलिरहेका बेला ओली एकाएक भोलि थाइल्याण्ड उड्न लागेका हुन् । उनी उपचारका लागि थाइल्याण्डको बैंकक जान लागेको ओलीको निजी सचिवालयले जनाएको छ ।

तर, स्रोतका अनुसार ओलीको उपचारका साथै भारतीय सुरक्षा अधिकारीसँग बैंककमा भेट्ने तय भएको छ । नेपालको माओवादीलाई टुक्रा टुक्रा पार्ने र वाम गठबन्धनका नाममा अहिले एमालेमा विलय गराएर माओवादी समाप्त पार्ने भारतीय मिसन सफल गरिदिएको भन्दै भारतीय सुरक्षा सल्लाहकार अजित दोभालले ओलीलाई बैंकक बोलाएको स्रोतको दाबी छ । बैंकको गोप्य स्थानमा हुने मिटिङमा माओवादीको बर्बादी, चुनाव र भावी रणनीतिबारे भारतीय सुरक्षा अधिकारीसँग ओलीले छलफल गर्नेछन् ।एमालेका अनुसार ओली असोज २७ गते स्वदेश फर्किने कार्यक्रम छ ।पूर्व राजा ज्ञानेन्द्र पनि थाइल्याण्ड गएका छन।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...