वाम एकतालगत्तै किन थाइल्याण्ड जाँदैछन् ओली ? पूर्वराजा पनि पुगे थाइल्याण्ड



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि (सोमबार) थाइल्याण्ड जाँदैछन् ।
नेपालमा प्रदेश र प्रतिनिधिसभा नजिकिरहेको र वाम गठबन्धन बनाएर राजनीति कोर्स बदलिरहेका बेला ओली एकाएक भोलि थाइल्याण्ड उड्न लागेका हुन् । उनी उपचारका लागि थाइल्याण्डको बैंकक जान लागेको ओलीको निजी सचिवालयले जनाएको छ ।

तर, स्रोतका अनुसार ओलीको उपचारका साथै भारतीय सुरक्षा अधिकारीसँग बैंककमा भेट्ने तय भएको छ । नेपालको माओवादीलाई टुक्रा टुक्रा पार्ने र वाम गठबन्धनका नाममा अहिले एमालेमा विलय गराएर माओवादी समाप्त पार्ने भारतीय मिसन सफल गरिदिएको भन्दै भारतीय सुरक्षा सल्लाहकार अजित दोभालले ओलीलाई बैंकक बोलाएको स्रोतको दाबी छ । बैंकको गोप्य स्थानमा हुने मिटिङमा माओवादीको बर्बादी, चुनाव र भावी रणनीतिबारे भारतीय सुरक्षा अधिकारीसँग ओलीले छलफल गर्नेछन् ।एमालेका अनुसार ओली असोज २७ गते स्वदेश फर्किने कार्यक्रम छ ।पूर्व राजा ज्ञानेन्द्र पनि थाइल्याण्ड गएका छन।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...