काँग्रेस मनाङले उम्मेदवारको टुंग्यायो



हाम्रो इकोनोमि

देशभर चुनावी लहर चल्दै गर्दा हिमालपारीको जिल्ला मनाङमा पनि चुनावी चहलपहल बढेको छ ।
एउटा मात्र संघीय क्षेत्र र दुईवटा प्रदेश क्षेत्र रहेको यस हिमाली जिल्लामा नेपाली काँग्रसले आफ्ना उम्मेदवारको टुंगो लगाएको हो । संघमा प्रत्यक्ष तर्फ नेपाली काँगे्रस मनाङका सभापति एवं सांसद टेकबहादुर गुरुङ रहनु भएको छ, भने समानुपातिक तर्फ समाजसेवी एवं युवा नेता कर्म घलेलाई अगाडि सारेको छ ।

त्यस्तै प्रदेश क्षेत्र १ मा प्रत्यक्ष तर्फ चिन्तबहादुर घले र समानुपातिक तर्फ साङ्दो लामा रहनुभएाको छ । प्रदेश क्षेत्र २ मा भने प्रत्यक्षमा कर्म गुरुङ र समानुपातिक तर्फ सगर गुरुङ (टाइगर गुरुङ) र समानुपातिक महिला तर्फ छिरिङ ओङमा घले गुरुङ रहेको नेपाली काँगे्रस मनाङ जिल्ला सचिव सुरेन्द्र गुरुङले बताउनुभयो ।

करिब ६ हजार मतदाता रहेको यस जिल्लामा चारवटा गाउँपालिका रहेको छ । जसमा स्थानीय निर्वाचनमा नेपालीे काँग्रेसले दुई वटामा जित हासिल गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...