कम्युनिष्ट मिले पछी मोदीको यसरी गयो सातो,८ दिन पछी नेपाल आउने कार्यक्रम किन गरे रद्द ?



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ।

नेपालमा ‘अप्रत्याशित’ रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएका हुन्।

एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकता गर्ने घोषणासँगै शेरबहादुर देउवा नेतृत्वको सरकार परिवर्तन हुन सक्ने चर्चाबीच मोदी र सिरिसेनाको भ्रमण प्रभावित भएको सरकारी स्रोतले जनाएको छ।

उपाध्याय र स्वराजबीच भेटवार्ता: भ्रमण ‘होल्ड’

नयाँ दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग बुधबार राति १५ मिनेट भेटवार्ता गरेका थिए। भेटमा मोदीको प्रस्तावित भ्रमण र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

मोदीको नेपाल भ्रमण तत्कालका लागि ‘होल्डमा राखौं’ भन्ने प्रस्ताव भारतीय विदेशमन्त्री स्वराजले गरेकी थिइन्।

एकता प्रयास र तालमेलबारे पनि चासो

स्वराजले नेपालमा वामपन्थी शक्तिबीच एकता प्रयास र निर्वाचनमा तालमेलबारे पनि चासो राखेकी थिइन्। बिहीबार बिहान काठमाडौं आएका राजदूत उपाध्यायले पछिल्लो राजनीतिक घटनाक्रमका कारण मोदीको भ्रमण तत्काल नहुने पुष्टि गरे। ‘यो पोलिटिकल टम्र्बाइलको अवस्थामा भ्रमण गर्न गाह्रो छ। भविष्यमा कुनै समयमा मोदीको भ्रमण होला’, उनले भने।

मोदीको भ्रमणका गृहकार्य

कूटनीतिक स्रोतका अनुसार मोदी अरुण तेस्रो जलविद्युत् परियोजना शिलान्यासका लागि यही असोज २८ गतेदेखि दुई दिन नेपाल भ्रमणमा आउने गरी उच्च राजनीतिक तहमा दुवै देशमा छलफल चलिरहेको थियो।

‘मोदीको भ्रमणका लागि केही महिनायता गृहकार्य भइरहेको थियो। एमाले र माओवादी केन्द्रलगायत शक्तिले अचानक निर्वाचनमा तालमेल गर्ने तथा एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेपछि मोदीको भ्रमणमा भारतीय पक्ष अनिच्छुक देखियो’, एक सरकारी अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...