ओली र प्रचण्डले दिए यस्तो आदेश, एमाले माओवादी गठबन्धनले दुई तिहाइ सिट जित्ने पक्का



हाम्रो इकोनोमि

नेकपा एमालेसंग माओवदी अन्य दलहरु एकिकरण हुने भएपछि देश नयाँ राजनिति मोडतिर प्रवेश गरेको छ ।नेकपा एमाले, माओबादी केन्द्र र नयाँ शक्ति पार्टीका शीर्ष नेतासहित बसेको संयुक्त कार्यदल बैठकले चुनाव जित्ने गरी उम्मेदवार चयनका साथै आवश्यक सवै काम अघिm बढाउने निर्णय गरेको छ । नेपाली कांग्रेस देशको प्रगतिको बाधक रहेकोले आफ्ना सवै उम्मेदवार जिताउने अठोट गर्दै शीर्ष नेतासहितको कार्यदल बैठकले सो निर्णय गरेको हो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन जित्नेगरी उम्मेदवारको क्षेत्र तोक्न र चुनावपछि आर्थिक संमृद्धिको योजनालाई ध्यान दिएर घोषणापत्र मस्यौदा गर्न निर्देशन दिनुभएको छ ।प्रतिनिधि सभा र प्रदेश सभाको आगामी चुनावमा तालमेल गर्दै पार्टी एकीकरण गर्ने निर्णयपछि उम्मेदवार चयन र साझा घोषणा पत्र मस्यौदा गर्न बनेका छुट्टा छुट्टै कार्यदलको बैठक बसेको हो । यी दुई कार्यदलले निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरु तोक्ने र साझा घोषणा पत्र तयार पार्ने काम गर्नेछ ।

कार्यदलको बैठकमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले कांग्रेसले खेल्न खाजे कडा जावफ दिने गरी अघि बढनु पर्ने बिभिन्न तथ्यहरु राख्नुभएको थियो । निर्वाचन क्षेत्रमा उम्मेदवार तोक्न एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनिसकेको छ ।

कार्यदलमा एमालेका तर्फबाट उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, माओवादीका तर्फबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्तिका गंगा श्रेष्ठ हुनुहुन्छ । यस्तै एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा बनेको साझा घोषणापत्र मस्यौदा कार्यदलमा अर्का उपाध्यक्ष भीम रावल र सचिव प्रदीप ज्ञवाली, माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ र विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टीका तर्फबाट डम्बर खतिवडा हुनुहुन्छ ।

दुवै कार्यदललाई एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले चुनावपछि हुने पार्टी एकीकरण, निर्वाचनपछि सरकारले गर्नुपर्ने आर्थिक समृद्धिको योजनालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिनुभएको छ । ‘प्रदेश र केन्द्रमा हाम्रा कोही पनि उम्मेदवार हारेर फर्कन नपरोस भन्ने तथ्यलाई ध्यानमा राखेर घोषणा पत्र र उम्मेदवार चयनको काम होस, निर्वाचन क्षेत्र निर्धारण गर्दा यो तथ्यलाई ध्यानमा राखेर सहमति कायम गर्नोस,’ बैठकमा ओली र दाहालको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...