चितवन क्षेत्र नं १ मा सुरेन्द्र पाण्डे सर्वसम्मत उम्मेदवार



हाम्रो इकोनोमि

नेकपा एमाले चितवन क्षेत्र नं १ ले प्रतिनिधिसभा निर्वाचनका लागि स्थाई कमिटि सदस्य एबं पुर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरे पछि गाउँका मानिसहरु खुसी भएका छन् ।
बुधबार बसेको क्षेत्र नं १ को भेलाले पुर्ब अर्थमन्त्री पाण्डेलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको हो ।
प्रतिनिधिसभा मा एमाले बाट सुरेन्द्र पाण्डेको उम्मेदबार सिफारिस भएको खबर थाहा पाए पछि स्थानिय जनताहरुमा निकै खुसीयाली छाएको छ । “पहिलो पल्ट उहाले जित्दा हाम्रो गाउँमा पिच बन्यो अब फेरि जिताउ छौँ अनि गाउँको बिकाश गछौँ” एक स्थानियले भने ।
पुर्ब अर्थमन्त्री पाण्डे २०७० सालको संबिधान सभाको निर्वाचनमा क्षेत्र नम्बर १ बाटै निर्वाचित हुनुभएकोथियो । उहाँसगै कृष्ण भक्त पोखरेल, तेजेन्द्र खड्का, कृष्ण खनाल, बिजय सुवेदी, कृष्ण पन्त र दावा लामा संघीय र प्रदेश सभाको सदस्यका लागि नेकपा एमालेबाट उम्मेदवार सिफारिस हुनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...