ओली प्रचण्ड नेतृत्वमा हाइकमाण्ड, चुनाव चिन्ह सूर्य



हाम्रो इकोनोमि

काठमाडौं । दसैंको रौनकले गाउँसहरलाई छोपेका बेला राजनीतिक वृत्तलाई भने एमाले र माओवादी केन्द्रबीच पार्टी एकता वा आसन्न निर्वाचनमा तालमेलको प्रसंगले तरंगित बनाएको छ । मंसिरमा हुन लागेको संघ र प्रदेश निर्वाचनको पूर्वसन्ध्यामा बहसमा आएको छ । एमालेले माओवादीसँग सके पार्टी एकता गर्ने, त्यो नभए चुनावी तालमेल गर्ने रणनीति लिएको छ ।

‘हामीले त पार्टीबाट निर्णय गराएरै एकताबद्ध हुनका लागि ढोका खुला गरेका हौं । माओवादीतर्फबाट पनि आधिकारिक रूपमै आउला,’ पछिल्लो वाम समीकरणबारे एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने । माओवादी केन्द्रको सचिवालय बैठकले पनि एमालेको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै यसबारे अन्तिम निर्णय लिन अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेको समिति बनाएको छ । स्रोतका अनुसार ओली निवास बालकोटमा बसेको स्थायी समिति बैठकमा माओवादी केन्द्रसँगको एकता र तालमेलका सन्दर्भमा कुनै नेताले पनि फरक मत राखेका थिएनन् ।

वामपन्थी, प्रगतिशील र राष्ट्रवादी शक्ति एकबद्ध हुनुपर्ने बैठकले औंल्याएको थियो । दुई दलबीच साझा चिह्नमा चुनाव लड्ने, गठबन्धन सञ्चालन गर्न संयोजन कमिटी बनाउने र दुवै दलको अध्यक्ष हाइकमान्ड हुने प्रस्तावमा समेत छलफल भइरहेको छ । ‘मिलेर जानुपर्छ भन्नेमा एमालेले नीतिगत निर्णय गरिसकेको छ । र दुवैदल चुनाव चिह्न सूर्यमा दुवै दल तयार देखिएका छन् ।

एमालेले एकताका लागि २ वटा सर्त राखेको छ । पहिलो वर्तमान सत्ता गठबन्धनबाट अलग हुने र दोस्रो एकभन्दा बढी वामपन्थी पार्टी अस्तित्वमा रहन सक्छन् भन्ने कुरा नीतिगत रूपमा स्वीकार गर्नुपर्ने लगायतका सर्त अघि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...