के कारण पत्तासाफ भो २ नम्बर प्रदेशमा एमाले पढनुहोस यस्ता छन कारण



हाम्रो इकोनोमि

 

काठमाडौं । प्रदेश नं २ मा भएको स्थानीय तहको निर्वाचन एमालेले आशा गरे अनुसार देखिएन । अव केही स्थानको मात्र मत परिणाम आउन बाँकी छ । पहिलो नभए पनि धेरैले २ नं प्रदेशमा एमाले दोस्रो हुने अनुमान गरिएको थियो । नेपाली कांग्रेस पहिलो हुने देखिए पनि यसको संख्यामा ४ कै हाराहारीमा हुने भएको छ । संघीय समाजवादी फोरम दोस्रोमा देखिएको छ भने एमाले र माओवादी र राजपा तेस्रो स्थानका लागि प्रतिस्पर्धामा देखिएका छन् ।

दोश्रो चरणको चुनावको मनोनयन दर्ताको मिति असार २ भन्दा अघिसम्म तराईमा मधेश केन्द्रित दलहरुले एमालेको गतिविधिमा अवरोध सिर्जना गरिरहेका थिए । मधेश केन्द्रित दलले औपचारिक रुपमा निर्णय गरेरै एमालेको राजनीतिक कार्यक्रमलाई निषेध गरेका थिए । कतिपय स्थानामा भौतिक आक्रमणको प्रयास समेत भए । यसले एमालेलाई रक्षापंक्तिमा लगेर उभ्यायो । स्थानीय राजनीतिक नेतृत्वमा निष्क्रियता थप्यो । राजमार्गमा रहेको क्षेत्रमा बैठक र कार्यकर्ताको भेला राखेर कार्यकर्ता जोगाउने काम बाहेक नागरिकसँग जोडिने कामबाट एमाले टाढियो ।

३ असोज ०७२ मा जारी भएको संविधानलाई मधेशमा “संविधान हमारा नही है जला डालो” भनियो र जलाइयो । अहिले त्यही संविधान अन्र्तगत भएका र हुने चुनावमा उनीहरुकै सहभागिता भैरहेको छ । संविधान जारी भएको खुशीमा दीपावली मनाइयो तर मधेशमा दीपावली मानउन चाहनेले पनि त्यो स्वतन्त्रता प्राप्त गर्न सकेनन । बिद्युत प्राधिकरणले आन्दोलनकारीको आव्हानमा ब्ल्याकआउट गरिदियो । अनि भनियो आधा देश अँध्यारोमा थियो ।

हुन पनि हो, वास्तवमा यो संविधान मधेश बिरोधी थिएन भन्ने कुराको अडान लिने एमालेले यो कुरा मधेशी नागरिकको बीचमा लाने प्रयास गरेन । संविधानले गरेको ब्यवस्थाको बारेमा नागरिकलाई बताउने प्रयास पनि गरेन । राजनीतिक गतिविधि गर्ने वातावरण पनि थिएन र संविधानका बारेमा बताउने प्रयास पनि गरेन भन्ने कुरा बिरोधाभाषपूर्ण हुने देखिए पनि राजनीतिक दलले जस्तोसुकै अप्ठयारो अवस्थामा पनि नागरिकको बीचमा रहेर काम गर्ने कुरा अकाट्य हुने भएकोले सहज बिधि अपनाएर एमालेले यो कुरा मधेशका नागरिकको बीचमा लाने प्रयत्न नगरेकोले फलस्वरुप एमाले नागरिकबाट टाढियो । चुनावको मुखमा नागरिकसामु गएको एमालेले यो रिक्ततालाई पूरा गर्न सकेन । प्रदेश २ को परिणामको अर्को कारण यही हो ।

पार्टी अध्यक्ष केपी ओलीलाई मधेशमा सबैभन्दा ठूलो भिलेनको रुपमा देखाउने काम भयो । मधेशी आन्दोलनकारीले स्थापित गरेको कुरा के हो भने ओलीकै कारण मधेश बिरोधी संविधान जारी भएको हो । त्योबेला प्रधानमन्त्री सुशील कोइराला भए पनि त्यसको मुख्यकर्ता ओली हुन भन्ने कुरा स्थापित गर्न मधेशी दलको आधारभूत तहको कार्यकर्तादेखि शीर्ष नेताहरुले महत्वपूर्ण भूमिका खेले । ओलीलाई जसले बढी आलोचना गर्न सक्यो, त्यही ठूलो क्रान्तिकारी हुने अवस्था सिर्जना भयो ।

केपी ओलीको बिरोध क्रान्तिकारीताको मानक बन्न पुग्यो । आँप, माखेसाङला, युपी बिहार माग्न जाउ, झलनाथ खनालको “धोती”प्रदेश जस्ता कुराहरुको यति प्रचार गरियो कि ओली र समग्र एमाले बिरुद्ध घृणाको राजनीति गरियो । फरक प्रसंगमा नेताहरुले दिएको अभिब्यक्ति अहिले पनि नियोजित रुपमा एमालेको बिरुद्ध उपयोग गरिन्छ । राजनीतिक सुझबुझ भएकाले यो कुरा बहसमा ल्याउँछन र एमालेले मधेशीलाई हेप्यो भन्ने कुरा स्थापित गर्ने कोशीस भइरहन्छ ।

तर एमालेको स्थानीय नेतृत्व पंक्तिले यो कुरालाई खण्डन गर्ने जाँगर देखाएन । फलस्वरुप एकोहोरो रुपमा दिइएको अभिब्यक्तिले एमालेबिरुद्ध घृणा पैदा र्गयो । पछिल्लो चुनावको क्रममा एमालेले केन्द्रीय नेतृत्वलाई मधेश केन्द्रित गराएर यस्ता भ्रमहरु चिर्ने प्रयास भए पनि त्यो आम नागरिकको बीचमा पुग्नेगरि हुन सकेन । एमालेले मधेशीलाई हेप्यो र एमाले मधेश बिरोधी हो भन्ने कुरा चिर्ने काममा एमालेले सफलता पाउन सकेन । जसले पनि परिणाम एमाले नेताहरुले भने जस्तो उत्साहजनक आएन ।

भारतको नाकाबन्दीबिरुद्ध सशक्त रुपमा उभिएको ओली सरकार र एमालेलाई मधेशमा सबैले घेराबन्दीमा पार्ने काम गरे । एमाले नेताहरुको अभिब्यक्तिलाई पनि स्मरण गर्ने हो भने एमाले बिरुद्ध बाहय शक्ति पनि लाग्यो । राजनीतिक धरातलमा देखिएका कतिपय घटनाक्रमले एमाले नेताहरुले दिएको यसखाले अभिब्यक्तिमा दम रहेको पाइन्छ । नाकाबन्दी बिरुद्धको एमालेको अडान मधेशमा पाच्य हुन सकेन । भारत बिरुद्धको अभिब्यक्ति राष्ट्रवाद होइन भनेर नाकाबन्दी बिरुद्धको एमाले अडानलाई चित्रित गर्न बिपक्षीहरु सफल भए ।

भारत नभए नेपालमा केही पाईंदैन त्यही भएर भारतको बिरोध गरेर हुँदैन भन्ने मान्यता स्थापित गर्न एमालेका इतरका शक्तिहरु सफल भए त्यो कतिपय हदसम्म ठिकै पनि होला । तर एमालेले परस्पर हितको आधारमा सम्बन्धहरु बन्ने कुरामा आफू दृढ रहेको कुरा स्थापित गर्ने कोशीस गरेन । यसलाई एमाले इतरका शक्तिले “एमालेको खोक्रो राष्ट्रवादको” रुपमा स्थापित गरिदिए जुन एमालेका लागि प्रतिकूल हुन पुग्यो ।

एमालेबिरुद्धको सत्ता गठबन्धन र आक्रमण पनि एमालेको अहिलेको परिणामको कारक हो । बाराको निजगढमा एमाले बिरुद्ध माओवादी र नेपाली कांग्रेसको गठबन्धन भयो । माओवादीको सहयोगमा नेपाली कांग्रेसले मेयर त जित्यो, तर निजगढ नगरपालिकामा उपमेयर जित्नुपर्ने माओवादी शून्यमा रह्यो ।

अर्को एमालेका बिरुद्ध मोर्चाबन्दी गरेका मधेशी दलहरुले एमालेका बिरुद्ध ठुलो शक्ति र उर्जाको प्रयोग गरे । एमालेलाई मधेशमा सफल हुन नदिने रणनीति लिएका मधेशी दलहरुको ब्यवहार नेपाली कांग्रेस र नेकपा माओवादीप्रति भने मित्रवत देखियो । त्यसको परिणाम चुनावमा मधेशी दलहरुलाई समेत पछि पार्दै कांग्रेस र माओवादी अगाडि आए । एमाले रोक्न सफल मधेश केन्द्रित दलहरु पनि आफैंमा सफल भए भन्न सकिने आधारहरु भने छैनन् ।

एमाले भित्रको गुटगत गतिवधि एमालेको परिणामलाई प्रभाव पार्ने अर्को महत्वपूर्ण पक्ष हो । रौतहटको चन्द्रपुर नगरपालिकाको टिकट बितरणमा विवाद देखियो । पर्साको पर्सागढी, बीरगंज महानगरको वडा नं ३० र ३२ मा टिकट बितरणमा समस्या देखियो । यो त उदाहरण मात्र हो । उज्यालो अनलाईनमा समाचार छ । एमाले भित्रको गुट कतिसम्म प्रभावकारी र क्रियाशिल छ भने बिपरित गुटको मान्छेले टिकट पायो भने एमालेकै झण्डा बोकेर हराउने काम गर्नेहरु प्रशस्त छन ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...