यसरी नेपाली कांग्रेसले जित्दैछ २ नम्बर परदेशको एक मात्र बीरगञ्ज महानगरपालिका



हाम्रो इकोनोमि

२ नम्बर परदेशमा पहिलो पार्टी बनेको बेपाली कांग्रेसले बीरगञ्ज महानगरपालिका जित्ने लगभग पक्का भएको छ । पर्साको बीरगञ्ज महानगरपालिकाको जारी मत गणानाका क्रममा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो पटक प्राप्त विवरण अनुसार ४५ हजार २ सय २३ मत गणना गर्दा नेपली कांग्रेस ९ हजार ९ सय ४६ मत प्राप्त गरेको छ भने राजपा नेपालले ९ हजार ८ सय २८ मत प्राप्त गरेको छ । असअघि प्राप्त सार्वजनिक परिणाम अनुसार राजपा नेपाल नेपाली कांग्रेस भन्दा अगडि थियो ।

त्यसैगरी नेकपा एमाले ६ हजार ९ सय ३९ मत ल्याउँदै तेस्रो स्थानमा आएको छ भने नेकपा माओवादी केन्द्र ४ हजार ४ सय ७५ मतसहित चौथो स्थानमा छ । त्यस्तै उपमेयरमा भने राजपा नेपाल अगाडि आएको छ । उपमेयरका लागि राजपा नेपालले ११ हजार २ सय ७५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ९ हजार २ सय ६९ मत ल्याएको छ ।

त्यसैगरी नेकपा एमालेले ५ हजार ९ सय ३६ मत ल्याएको छ भने माओवादी केन्द्रले जम्मा ३ हजार ९ मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...