यसरी नेपाली कांग्रेसले जित्दैछ २ नम्बर परदेशको एक मात्र बीरगञ्ज महानगरपालिका



हाम्रो इकोनोमि

२ नम्बर परदेशमा पहिलो पार्टी बनेको बेपाली कांग्रेसले बीरगञ्ज महानगरपालिका जित्ने लगभग पक्का भएको छ । पर्साको बीरगञ्ज महानगरपालिकाको जारी मत गणानाका क्रममा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो पटक प्राप्त विवरण अनुसार ४५ हजार २ सय २३ मत गणना गर्दा नेपली कांग्रेस ९ हजार ९ सय ४६ मत प्राप्त गरेको छ भने राजपा नेपालले ९ हजार ८ सय २८ मत प्राप्त गरेको छ । असअघि प्राप्त सार्वजनिक परिणाम अनुसार राजपा नेपाल नेपाली कांग्रेस भन्दा अगडि थियो ।

त्यसैगरी नेकपा एमाले ६ हजार ९ सय ३९ मत ल्याउँदै तेस्रो स्थानमा आएको छ भने नेकपा माओवादी केन्द्र ४ हजार ४ सय ७५ मतसहित चौथो स्थानमा छ । त्यस्तै उपमेयरमा भने राजपा नेपाल अगाडि आएको छ । उपमेयरका लागि राजपा नेपालले ११ हजार २ सय ७५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ९ हजार २ सय ६९ मत ल्याएको छ ।

त्यसैगरी नेकपा एमालेले ५ हजार ९ सय ३६ मत ल्याएको छ भने माओवादी केन्द्रले जम्मा ३ हजार ९ मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...