किन कुटिए आपुर्ति राज्यमन्त्री कर्ण विक मन्त्रि कुटीएपछि कैलाली बजारमा तनाव



हाम्रो इकोनोमि

 

टिकापुर बजारमा निस्केका आपूर्ति राज्यमन्त्री कर्ण विकको टोलीमाथि उद्योग वाणिज्य संघ कैलालीका पदाधिकारीकै अगुवाइमा आक्रमण गरिएको हो ।

व्यापारीको आक्रमणपछि मन्त्री विकलाई सुरक्षामा खटिएका पुलिसले उद्धार गरेका छन् । घटना क्रममा ढुंगामुढा गरिँदा मन्त्री सवार बा१झ ९६९९ नम्बरको सरकारी गाडी क्षतिग्रस्त भएको छ ।

मन्त्रीको टोलीले उपभोक्तालाई ठगेको भन्दै एउटा पसलमा सिल गर्ने क्रममा व्यापारी आक्रमणमा उत्रेका थिए । मन्त्रीमाथि ढुंगामुढा गरेपछि प्रहरीले टिकापुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र गिरी र महासविच रामबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

उग्ररुपमा प्रस्तुत भएका व्यापारीले मन्त्री सवार गाडीमा रहेको राष्ट्रिय झन्डा पनि च्याति दिएका छन् । अहिले टिकापुर बजारको अवस्था तनावग्रस्त रहेको छ । मन्त्री विक शुक्रबारबाट बजार अनुगमनमा निस्केका थिए ।

घटनापछि अहिले होटल सिद्धार्थमा सर्वपक्षीय बैठक चलिरहेको छ । बैठकमा मन्त्री बिक, कैलालीका प्रमुख जिल्ला अधिकारी, टिकापुरका मेयर र व्यापारीहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...