यस्तो खुलासा गरे ओलीले केन्द्रिय कमिटीमा



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश २ को चुनावी परीणामलाई लिएर बिचलित नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आहृवान गर्नुभएको छ । आजबाट शुरु भएको केन्द्रीय कमिटीको ८ औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश २ मा एमालेविरुद्ध मोर्चावन्दी भएपनि परिणाम अत्यन्तै नकारात्मक नआएको भन्दै बिचलित नहुन आह्वान गर्नुभएको हो ।

एमालेबिरुद्ध ठुलो मोर्चाबन्दी भयो, सत्ताको दुरुपयोगले सीमा नाघ्यो, त्यसका बावजुद एमालेको कमजोर परीणाम आएको छैन, ओलीले भन्नुभयो, ‘१० २०, १०० ५० भोटले हारेको पनि होला । कतिपय धाँदली गरेर हराइएको होला । तर, छ्या है भन्ने गरी परिणाम आएको छैन ।’

अध्यक्ष ओलीले आफ्नै कारण कुनै ठाउँमा धक्का खाएको भए सावधान हुनुपर्ने बताउनु भयो । ‘आफ्नै कारणले धक्का खाएको हो भने सावधान हुनुपर्छ, हतोत्साहित हुनु पर्दैन,’ ओलीले भन्नुभयो ।

बैठकमा उहाँले केन्द्रमा एमालेको बहुमतको सरकार बन्ने ठोकुवा गर्नुभयो । ‘एक्लै कोही पनि हामीसँग मुकाविला गर्न तयार छैन,’ एमालेविरुद्ध बेग्लै ढंगले तयारी भइरहेको छ, तरपनि आगामी सरकार एमालेले बनाउँछ, केन्द्रमा बहुमतका साथ बनाउँछ । प्रदेशहरुमा पनि बहुमतका साथ सरकार बनाउँछ ।’

तीनदिनसम्म चल्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...