राजेशपायल राई र रेखा थापा यसरी गर्दैछन बिहे,कहिलेलाई जुर्यो साइत



भनिरहनुनपर्ला, गायक राजेशपायल राई र अभिनेत्री रेखा थापा एकदमै निकट छन्। पछिल्लो समय उनीहरुले फेसबुकमा खुलेर एकअर्कालाई ‘आई लभ यू’सम्म लेखिरहेका छन्। खासमा अहिले उनीहरुबीच के पाकिरहेको छ त? नेपालखबरका लागि विक्रान्त शर्माले राजेशपायलसँग रेखा थापाबारे गरेको संवाद:

तपाईंलाई रेखासँग पहिलोपल्ट भएको भेट याद छ?
याद छ। ठ्याक्कै कुन सालमा त्यो त बिर्सिसकेँ। तर त्यतिबेला उनी नयाँ थिइन्। सायद उनको पहिलो फिल्म ‘हिरो’ रिलिज भइसकेको थियो। मलेसियाको कन्सर्टमा हाम्रो भेट भएको थियो। हामी पहिलो भेटमै निकट भएका थियौँ।

पहिलो भेटमै कसरी निकट हुनुभयो?
उनी एकदमै फरासिली थिइन्। उनमा ‘केही गरौँ’ भन्ने उत्कट् भावना थियो। एक हिसाबले हामी दुवै पुर्वेली पनि थियौँ। मेरो फ्यान पनि रहिछिन्। मेरो ‘तिमीलाई रोजेँ’ गीत उनी त्यतिबेलै गाउँथिन्। हामी दुवैको स्पष्ट बोल्ने स्वभावले सायद हामीलाई निकट बनाएको हो।

पछिल्लो समय रेखा र तपाईंबीच ‘आइ लभ यू’ र ‘आई मिस यू’को आदानप्रदान व्यापक छ। खासमा तपाईंहरुबीच के पाकिरहेको छ?
त्यस्तो केही होइन। हामी एकदमै नजिक छौँ। हिजो म भोजपुरमा थिएँ, रेखालाई एकदमै मिस गरेँ अनि स्टाटस लेखेको हुँ। उनले पनि सेयर गरिन्। खासमा भन्नुपर्दा म उहाँको प्रेममा छु, उहाँलाई प्रेम गर्छु।

 

उहाँले पनि गर्नुहुन्छ कि तपाईंले मात्र ?
उहाँको मनको कुरा त उहाँलाई सोध्नुस् न (हाँस्दै)।
रेखासँग तपाईंको बिहेसम्म हुने हल्ला चलिरहेको छ। यो खासमा जानाजान गरिएको फन्डा हो कि यथार्थ?
हाम्रो सम्बन्ध कुनै फन्डा होइन। कसैले फन्डा सम्झिरहेको छ भने त्यो ठूलो भ्रम हो। कतिपय चीजहरु देखिएको जस्तो नहुन सक्छ। नदेखिएको सम्बन्ध धेरै टिकाउ पनि हुन सक्छ। हाम्रो सम्बन्धलाई तपाईंहरु जे नाम पनि दिन सक्नुहुन्छ। तर हामीबीच निस्वार्थ प्रेमको भावना छ। एकअर्कालाई मिस गरिरहेका हुन्छौँ। त्यसैले यिनीहरु लेख्छन् मात्रै भन्ने भ्रम चाहिँ नपाले हुन्थ्यो।

भनेपछि बिहे हुने सम्भावना चाहिँ छ?
सम्भावना छ। यसलाई नकार्न सकिँदैन। अब हाम्रो सम्बन्ध कहिलेसम्म र कसरी अघि बढ्छ भन्ने कुरा हो। अहिले पनि हामी एकअर्कालाई बुझ्ने कोशिसमा छौँ।

प्रायः फिल्म रिलिजको पूर्वसन्ध्यामा रेखा फन्डा गर्न माहिर मानिन्छिन्। अहिले पनि उनको ‘रुद्रपिया’ प्रर्दशनको तयारीमा छ। यही बेला तपाईंहरुको फेसबुक एकअर्काप्रति सक्रिय भएपछि शंका उत्पन्न भयो र नि?
पहिला के भयो त्यो मलाई थाहा छैन। तर हाम्रो हकमा यो कुनै फन्डा होइन। हामी एकअर्काको मनको भावना लेखिरहेका छौँ। आखिर एकअर्कालाई मिस गर्नु, प्रेम गर्नु गलत हो र? यदि होइन भने हामीले एकअर्कालाई मिस गर्दा किन यत्रो आपत्ति (हाँस्दै)?

त्यसोभए अब रेखाबारे दर्शकलाई थाहा नभएको एउटा कुरा भन्दिनुस् न त?
उ एकदमै स्पष्ट मान्छ हो। त्यसैले झनक्क रिसाउनु उनको कमजोरी जस्तो लाग्छ। नत्र त अरु के नै छ र? उनी सुन्दर र चर्चित छिन् भनेर मैले भने पनि त्यो कुनै गोप्य कुरा हुँदैन क्यारे।

तपाईंलाई रेखाको मनपर्ने स्वभाव चाहिँ के हो त?
उहाँको स्पष्टता नै हो। अरुले रेखा एकदमै बाठी छ भन्छन्। तर मलाईचाँही एकदमै सोझी र इमान्दार लाग्छ। मलाई उहाँको मुस्कानले मोहित बनाउँछ।

रेखाले आफ्नो कुन बानी चाहिँ सुधारे हुन्थ्यो भन्ने लाग्छ?
रेखाले झनक्क रिसाउने बानी र अरुलाई छिट्टो विश्वास गर्ने स्वभावमा ख्याल गरे हुन्थ्यो भन्ने लाग्छ।

तपाईंले रेखाका सबै फिल्म हेर्नुभएको छ?
अहिलेसम्म हेरेको छु।

तपाईंलाई उहाँको सबैभन्दा बढी मनपरेको फिल्म कुन हो?
‘किस्मत’ र ‘रामप्यारी’। ‘किस्मत’मा उहाँको एक्टिङ नै राम्रो छ। ‘रामप्यारी’ महिलाप्रधान फिल्म भएकाले पनि एकदमै मनपरेको थियो। यति भनिरहँदा म एउटा कुरा छुटाउन चाहँदिन कि रेखा कलाकार जन्माउने भण्डार पनि हुन्। उनले थुप्रै कलाकारलाई डेब्यु गराएकी छिन्।

पछिल्लो समय तपाईं र रेखाबीच के विषयमा सबैभन्दा बढी संवाद हुन्छ?
कहिलेकाहीँ राजनीतिका कुरा हुन्छ भने कहिलेकाहीँ मायाप्रेमकै कुरा बढी हुन्छ। हामी दुई जिस्किएर अरु कलाकारका क्यारिकेचर गर्ने कुरा काट्ने पनि गर्छौ(हाँस्दै)।

 

कुराकानी त दिनहुँ हुन्छ होला?
प्रायः भइरहन्छ। बेलुका भाइबरबाट कुराकानी गर्छौँ।
रेखाले तपाईंलाई राजनीतिमा तान्न त खोजिरहनुभएको छैन?
मेरो पापा पनि राप्रपा पार्टीमै भएकाले उहाँले कहिलेकाँही ‘लु न अब तपाईंको पनि पालो आयो त’ भन्ने गर्नुहुन्छ। म पनि राजनीतिमा आउनुपर्छ भन्ने उहाँको चाहना छ।

रेखाको फिल्ममा प्रायः तपाईंको स्वर छुट्दैनथ्यो, यसपल्ट कसरी छुट्यो?
‘रुद्रपिया’को गीत रेकर्डिङ हुँदा म अमेरिकामा थिएँ। रेखाजीले त ‘काम गरौँ’ नै भन्नुभएको थियो। हामीबीच सम्बन्ध बिग्रेर ‘रुद्रपिया’मा मेरो स्वर छुटेको होइन, व्यस्त भएर नै हो।

तपाईं र रेखाको निकटतालाई लिएर तपाईंका शुभचिन्तक के भन्छन् त?
मान्छेहरु यहाँ भगवानलाई त गाली गर्छन् भने राम्रो/नराम्रो दुवैखाले प्रतिक्रिया आउनु त स्वभाविक हो। कतिपय मलाई आफ्नो कूलको केटीसँग बिहे गर्न सुझाउँछन्। कतिपय रेखा र मेरो जोडी सुहाउँछ भन्छन्। नेपाल खबरको सहयोगमा 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्