सम्पत्ति विवरण नबुझाउने कर्मचारी पाँच हजार



हाम्रो इकोनोमि

चालु आवमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

छयासी हजार ८९५ मध्ये चार हजार ८१२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार ८२ हजार ८३ कर्मचारीले मात्र सम्पत्ति विवरण बुझाएका छन् । सो संख्या निजामती, स्वास्थ्य र संसद् सेवाका कर्मचारीको हो ।

निजामती किताबखानाले गत भदौ २८ गतेसम्म कर्मचारीको सम्पत्ति विवरण बुझाउन समय तोेकेको थियो । अघिल्लो आवमा भने ७८ हजार ५८ कर्मचारीले विवरण बुझाएका थिए । किताबखानामा आव शुरु भएको ६० दिनभित्र कर्मचारीले अनिवार्य रुपमा निजामती सेवा ऐनअनुसार सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ ।
गत साउन १ देखि भदौ २८ गतेभित्र कर्मचारीले गत आवको सम्पत्ति विवरण बुझाएका थिए । किताबखानाले विशेष र काबु बाहिरको स्थितिका लागि भने अझै ३० दिन समय तोकेको उहाँले बताउनुभयो । सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५० अनुसार रु पाँच हजार जरिवाना गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...