एमाले आक्रामक बन्दै,मङ्सिरमा हुने चुनाबको नतिजा पोल्टामा हाल्न यसरी बन्दैछ रणनीति



हाम्रो इकोनोमि

नेकपा एमालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रणनीति बनाउन केन्द्रीय कमिटी बैठक असोज ६,७ र ८ गते राजधानीमा बोलाएको छ।
एमालेले दुवै तहको प्रतिनिधिका लागि उम्मेदवारी टुंग्याउन केन्द्रीय कमिटी बैठक बोलाइएको एमालले कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले बताए।

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको परिणाम आइरहँदा एमालेले केन्द्रीय कमिटी बैठकबाट उम्मेदवारहरुको नाम तय गर्न लागेको हो। स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरण निर्वाचनमा केही स्थानबा६ उम्मेदवार विवाद भएकाले समयमै छलफल गर्न लागिएको श्रेष्ठले बताए।

दुवै स्थानीय तहको निर्वाचनमा एमाले पहिलो दलको रुपमा निर्वाचित भएकाले अबको उम्मेदवारी झन् चुनौतीपूर्ण भएको उनको बुझाइ छ।
सातै प्रदेशका स्थानीय तह निर्वाचन परिणामको समीक्षा गर्ने प्रदेश र प्रतिनिधिसभामा निर्वाचित हुने व्यक्तिलाई उम्मेदवार उठाउने तयारी रहेको उनले बताए।

एमालेले निर्वाचन सम्पन्न भएका ६ प्रदेशमध्ये १ र ३ नम्बर प्रदेशमा बहुमत स्थानीय तह जितेको छ भने ६ र ७ मा सबैभन्दा ठूलो दल बनेको थियो। प्रदेश २ मा ठूलो दल बन्ने दाबी गर्दै श्रेष्ठले सातै प्रदेशमा आफ्नो सरकार गठन गर्दै प्रतिनिधिसभामा एकल सरकार बनाउने रणनीतिका साथ उम्मेदवार चयन हुने बताए।

बैठकले दुवै संसदका समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारहरुको मापदण्ड तय गर्ने र उम्मेदवार सिफारिस प्रक्रिया टुंगो लगाउनेछ।
असोज अन्तिम साता समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्नुपर्ने र कात्तिक ४ गते प्रत्यक्षतर्फ मनोनयन गर्नुपर्ने भएकाले बैठकले सबै विषय टुंगो लगाएर स्थायी कमिटीलाई जिम्मा लगाउने उनले बताए। प्रदेश र प्रतिनिधिसभामा अधिकांश उम्मेदवारहरु पार्टीको नेतृत्व तहमा पुगेकै व्यक्ति हुने भएकाले विवाद कम हुने र सहज रुपमा टुङ्गो लाग्ने श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...