एमाले आक्रामक बन्दै,मङ्सिरमा हुने चुनाबको नतिजा पोल्टामा हाल्न यसरी बन्दैछ रणनीति



हाम्रो इकोनोमि

नेकपा एमालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रणनीति बनाउन केन्द्रीय कमिटी बैठक असोज ६,७ र ८ गते राजधानीमा बोलाएको छ।
एमालेले दुवै तहको प्रतिनिधिका लागि उम्मेदवारी टुंग्याउन केन्द्रीय कमिटी बैठक बोलाइएको एमालले कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले बताए।

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको परिणाम आइरहँदा एमालेले केन्द्रीय कमिटी बैठकबाट उम्मेदवारहरुको नाम तय गर्न लागेको हो। स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरण निर्वाचनमा केही स्थानबा६ उम्मेदवार विवाद भएकाले समयमै छलफल गर्न लागिएको श्रेष्ठले बताए।

दुवै स्थानीय तहको निर्वाचनमा एमाले पहिलो दलको रुपमा निर्वाचित भएकाले अबको उम्मेदवारी झन् चुनौतीपूर्ण भएको उनको बुझाइ छ।
सातै प्रदेशका स्थानीय तह निर्वाचन परिणामको समीक्षा गर्ने प्रदेश र प्रतिनिधिसभामा निर्वाचित हुने व्यक्तिलाई उम्मेदवार उठाउने तयारी रहेको उनले बताए।

एमालेले निर्वाचन सम्पन्न भएका ६ प्रदेशमध्ये १ र ३ नम्बर प्रदेशमा बहुमत स्थानीय तह जितेको छ भने ६ र ७ मा सबैभन्दा ठूलो दल बनेको थियो। प्रदेश २ मा ठूलो दल बन्ने दाबी गर्दै श्रेष्ठले सातै प्रदेशमा आफ्नो सरकार गठन गर्दै प्रतिनिधिसभामा एकल सरकार बनाउने रणनीतिका साथ उम्मेदवार चयन हुने बताए।

बैठकले दुवै संसदका समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारहरुको मापदण्ड तय गर्ने र उम्मेदवार सिफारिस प्रक्रिया टुंगो लगाउनेछ।
असोज अन्तिम साता समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्नुपर्ने र कात्तिक ४ गते प्रत्यक्षतर्फ मनोनयन गर्नुपर्ने भएकाले बैठकले सबै विषय टुंगो लगाएर स्थायी कमिटीलाई जिम्मा लगाउने उनले बताए। प्रदेश र प्रतिनिधिसभामा अधिकांश उम्मेदवारहरु पार्टीको नेतृत्व तहमा पुगेकै व्यक्ति हुने भएकाले विवाद कम हुने र सहज रुपमा टुङ्गो लाग्ने श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...