प्रहरीको मिलेमतोमा दशैँ अगाडी नै यसरी भित्रियो करोडौ मूल्यको पटका



प्रहरीसँग ‘सेटिङ’ मिलाएर दसैंअघि नै पटका लगायतका खैलौनाहरु भित्रन थालिएको छ । खासगरी भारतीय सिमावर्ती क्षेत्रबाट स्थानिय प्रहरीसंग सेटिङ्ग गर्दे पटका, चिरचिर जस्ता बस्तुहरु भित्रिन थालिएको हो । यद्यपी प्रहरीले भने आफूहरु कसैसंग कुनै खालको सेटिङ्ग नगरेको जनाएका छन ।
चाडपर्व नजिक प्रज्ज्वलनशील वस्तु भित्रन नदिन प्रहरी प्रशासनबाट कडाई गर्ने कारण कारोबारीहरुले दसैंअघिदेखि नै पटकको अवैध पैठारी सुरु गरेका हुन् । खासगरी तिहारअघिदेखि मात्रै प्रतिबन्धित पटकाहरु भित्रन नदिन निगरानी बढाउने सुरक्षा निकायको पुरानो संस्कारका कारण पटका भित्र्याउने गिरोहहरु अहिलेदेखि नै सक्रिय बन्ने गरेका हुन् ।

तिहारलाई लक्षित गरी वर्षेनी लाखौ मूल्यका पटका नेपाली भित्र्याइन्छ । विगतमा सुरक्षा निकायकै मिलेमतोमा पटका भित्रँदै आएको थियो । यसपटक भने सुरक्षा निगरानी कडा गरिएकाले मिलेमतोबाट पटका भित्र्याउन सहज नभएको एक कारोबारीले जानकारी दिए ।
सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पको टोलीले गरेको ‘छड्के जाँच’ का क्रममा चार दिनअघि झापाको चारआलीबाट दुई बोरा पटका बरामद गरेको छ । एउटा यात्रुबाहक बसको डिकीमा लुकाएर भित्र्याइएको पटकको मूल्य करिव ३० हजार रुपैयाँ थियो ।
‘पटका जति दसैं अघि देखि भित्रिन्छ,’ स्रोत भन्छ, ‘सुरक्षा निकायले पछि मात्रै निगरानी गर्छ ।’ पूर्वी नाका काँकडभिट्टासहित भारतसँग सीमा जोडिएका अन्य नाकाबाट पटका भित्र्ने गरेको सम्बद्ध स्रोतको दाबी छ । खासगरी उत्तरतिरको बाहुनडाँगीका साथै दक्षिण नाकाहरु भद्रपुर, केचना, कुमरखोद, गौरीगञ्जबाट पटका भित्रने गरेको छ ।

चाडपर्व नजिकै गर्दा यस्ता वस्तुको अवैध पैठारी बढ्न सक्ने भन्दै सुरक्षा निकायले प्रत्येक नाकाहरुमा निगरानी बढाएको जनाएको छ । झापाका प्रहरी प्रमुख एसपी विष्णुकुमार केसीले पटका भित्रन नदिन नाकाहरुमा कडाई गरिएको दाबी गरे ।
एसपी केसीका अनुसार यसपटक भारततिर नै पटकको बिक्रीवितरणमा कडाई गरिएकाले तस्करहरुले सहज रुपमा भित्र्याउन नसक्ने दाबी गरे । ‘भारतमा एसएसबीले जाँच कडाइ गरेको छ,’ केसीले भने, ‘सहजै पटका नेपाल भित्र्याउन गाह्रो छ यसपल्ट ।’
तिहारका बेला वर्षेनी लाखौ मूल्यको पटकका भारतबाट नेपाल भित्रन्छ । पानीटंकीका एक व्यापारीले नाम नछाप्ने शर्तमा दाबी गरे, ‘यसपटक करिव एक करोड मूल्यको पटकका नेपालका लागि आएको छ ।’ उनका अनुसार एसएसबीको कडा सुरक्षाका कारण सिलिगुडी र पानीट्यांकीको गोदाममा पटका थन्किएर बसेको छ । थोरै थोरै परिमाणमा भने प्रत्येक दिन भित्रिरहेको उनले बताए ।

पटकाका भारतीय कारोबारीले भरियामार्फत पटका नेपाल पठाउँछन् । जसवापत भरियाले ४० देखि ५० प्रतिशत कमिसन पाउँछ । पूर्वी नाकाबाट भित्रिएका पटकाहरु राजधानीसम्म पुर्‍याइन्छ । जगमग, खुर्सानी, चकलेट नामक पटकादेखि निक्कै महंगो मूल्यमा खरिद/बिक्री हुने रकेट बमलगायतका पटका नेपाली बजारमा भित्रने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग