प्रचण्डलाई आचारसंहिता उल्लघंन गर्न छुट ?,लुटको पैसा तह लगाउन प्रचण्डले यसरी बाँडे विजुलीको खम्बा



हाम्रो इकोनोमि

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आचारसंहिता उल्लंघन गरेको खुलासा भएको छ ।
निर्वाचन आयोगले मंसिर १० मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गरिसकेको छ तर सत्तारुढ दलकै अध्यक्ष प्रचण्डले आफ्नो ठाडो आदेशमा निर्वाचन आचारसंहिता विपरित सिरहाको क्षेत्र नम्बर ५ स्थित् कर्जन्हा नगरपालिकाको थला–गौतारी वडा नम्बर १० मा विजुलीको पोल खसालेका छन् ।

निर्वाचन आचारसंहित २०७२ को प्रावधानविपरीत उनले यही असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गरेर मतदाताहरुको मत तान्ने उद्देश्यले विजुलीको पोल पठाउन विद्युत कार्यालय मिर्चैयाका प्रमुख शिबराम यादवलाई निर्देशन दिएका थिए । प्रचण्डले राज्यशक्तिको दूरुपयोग गर्दै चुनावको मुखमा यसरी आचारसंहिताको धज्जी उडाएको भन्दै स्थानीय अन्य दलका नेता तथा कार्यकर्ताहरुले विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...