बालुवाटारमा आरजु आतंक,पति प्रधानमन्त्री देउवाले समेत भन्न थाले सकिन बा मैले यसलाई सकिन



हाम्रो इकोनोमि

नेपाली काँग्रेसकी सांसद आरजू राणा देउवा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती हुन् । उनको फुर्ति यतिबेला निकै बढेको छ ।
मन्त्री बनाउँदा होस् या विभिन्न प्रकारका ठेक्का प्रकरणमा होस् उनको रवाफ देखिहालिन्छ । कांग्रेसका पुराना, त्यागी, शक्तिशाली नेता समेत उनको विरोध गर्न सक्दैनन् । उनी छाया प्रधानमन्त्री जस्तै हुन् ।

उनले जता रिगायो उतै प्रधानमन्त्री रिङ्छन् कांग्रेसका एक वरिष्ठ नेताले भने । चाकडी गनर्हे रुले उनलाई फस्ट लेडी मात्र होइन माता समेत भनेर सम्बोधन गर्छन् ।काँग्रेस राजनीतिमा प्रधानमन्त्री देउवालाई सफल र असफल बनाउने रिमोर्ट आरजूकै हातमा रहेको काँग्रेसीहरुले बताएका छन् । आरजूको दबाबका अगाडि प्रधानमन्त्री देउवा समेत नतमस्तक हुने गरेको जानकारहरु नै बताउँछन् ।

त्यसो त आरजुलाई चाकडी गर्न नसक्ने पार्टीका वरिष्ठ नेताहरु वालुवाटारमा निरिह जस्तै हुने गरेको बालुवाटार स्रोतले जनाएको छ ।
कुनै बेला काँग्रेस राजनीतिमा रजगज चलाएका स्व. गिरिजाप्रसाद कोइराला पनि छोरी सुजाता कोइरालाको जिद्धिलाई नकार्न सक्दैनथे भनी काँग्रसीहरुले मरणोपरान्त पनि चर्चा गर्ने गरेका छन् । त्यही शैलीको नक्कल गर्दै डा. आरजूले पनि पतिदेव प्रधानमन्त्री देउवालाई कुरा मान्न बाध्य तुल्याउने गरेको चर्चा छ ।

काँग्रेसको राजनीतिमा प्रधानमन्त्री देउवाले काँग्रेसको हित भन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अनुहार मलिनो भएको हेर्न नचाही दाहालको एजेण्डा र कार्यक्रम बोकेर हिंड्ने गरेको र देउवा पत्नी आरजूले काँग्रेसको भलो भन्दा आफ्नो स्वार्थ पूर्ति गर्नका लागि निर्माण व्यवसायी र दलालमार्फत ठूलाठूला ठेक्काबाट मोटो कमिशन हात पार्ने गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । पत्नीको हर्कत देखेर देउवा समेत तनाबमा रहेका छन्।

कांग्रेसको आन्तरिक परम्परा संस्कार र पद्धतिभन्दा बाहिर गएर देउवापत्नीले मनपरी गर्न थालेपछि स्वाभिमानी एवं निष्ठावान् काँग्रेसीहरु मर्माहत बन्न पुगेको र आरजूले नै काँग्रेस पार्टीलाई बर्बाद बनाउने भइन् भन्दै चिन्ता व्यक्त गर्ने गरेको चर्चा चियापसलदेखि तारे होटलसम्म छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...