माधब नेपालले महोत्तरीबाट गरे डरलाग्दो खुलासा,‘बाहिर विरोध गरे जस्तो भए पनि भित्रभित्रै हामी सबै भारतका समर्थक हौँ ’



हाम्रो इकोनोमि

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले मधेसको लागि केही गर्न नसकेको आरोप लगाएका छन् ।

अनौपचारिक कुराकानीका क्रममा नेता नेपालले कांग्रेस, एमाले र माओवादी केन्द्रका अधिकांश ठूला नेताहरू भारतसँग लम्पसार पर्ने गरेको आरोप लगाएका हुन् । ‘एमालेका शीर्ष सबै नेताहरू भारत भनेपछि हुरुक्कै हुन्छन्’, नेता नेपालको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘कांग्रेस र माओवादी केन्द्रका नेताहरू पनि भारतको सहयोग विना एक कदम अगाडि चल्न सक्दैनन् ।’

मधेसको लागि केही गर्न नसक्ने नेताहरु भारतसँग लम्परसार हुने गरेको बताउदै ‘भारतले चाहेन भने नेपालमा केही पनि हुन सक्दैन । यस्तो अवस्थामा भारतको विरोध गर्नुको कुनै अर्थ छैन’, नेता नेपालले भने, ‘बाहिर विरोध गरे जस्तो भए पनि भित्रभित्रै हामी सबै भारतका समर्थक हौँ ।’

भारतको चर्को विरोध गरेर एमाले कथित राष्ट्रवादी पार्टी बनको प्रचार प्रसार भइरहेका बेला एमालेकै वरिष्ठ नेताले एमाले, कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूको भारतसँगको सम्बन्धका बारेमा खुलासा गरिदिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...