माधब नेपालले महोत्तरीबाट गरे डरलाग्दो खुलासा,‘बाहिर विरोध गरे जस्तो भए पनि भित्रभित्रै हामी सबै भारतका समर्थक हौँ ’



नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले मधेसको लागि केही गर्न नसकेको आरोप लगाएका छन् ।

अनौपचारिक कुराकानीका क्रममा नेता नेपालले कांग्रेस, एमाले र माओवादी केन्द्रका अधिकांश ठूला नेताहरू भारतसँग लम्पसार पर्ने गरेको आरोप लगाएका हुन् । ‘एमालेका शीर्ष सबै नेताहरू भारत भनेपछि हुरुक्कै हुन्छन्’, नेता नेपालको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘कांग्रेस र माओवादी केन्द्रका नेताहरू पनि भारतको सहयोग विना एक कदम अगाडि चल्न सक्दैनन् ।’

मधेसको लागि केही गर्न नसक्ने नेताहरु भारतसँग लम्परसार हुने गरेको बताउदै ‘भारतले चाहेन भने नेपालमा केही पनि हुन सक्दैन । यस्तो अवस्थामा भारतको विरोध गर्नुको कुनै अर्थ छैन’, नेता नेपालले भने, ‘बाहिर विरोध गरे जस्तो भए पनि भित्रभित्रै हामी सबै भारतका समर्थक हौँ ।’

भारतको चर्को विरोध गरेर एमाले कथित राष्ट्रवादी पार्टी बनको प्रचार प्रसार भइरहेका बेला एमालेकै वरिष्ठ नेताले एमाले, कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूको भारतसँगको सम्बन्धका बारेमा खुलासा गरिदिएका हुन् ।

प्रकाशित मिति : २८ भाद्र २०७४, बुधबार  १२ : ४१  बजे

प्रतिक्रिया दिनुहोस
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ

३३ अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार

    मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो

एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या

    सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या