१०० दिन अघीका बिद्यासुन्दर १०० दिन पछी कति कुरुप भए? खोइ कहाँ पुग्यो विश्वकै सुन्दर सहर बनाउने प्रतिबद्धता ?



विद्यासुन्दर शाक्य काठमाडौं महानगरपलिकाको मेयरमा निर्वाचित भएको आज सय दिन पुगेको छ । शाक्यले मेयरमा उठ्नुअघि र निर्वाचित भएपछि सय दिनमै काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउने प्रतिवद्धता जनाएका थिए । तर, उनको त्यो पहिलो प्रतिबद्धता ‘पहिलो गाँसमै ढुंगा’ भनेझैं भएको छ । उनले गरेको प्रतिवद्धता र चुनाव अघि घोषणापत्रमा सुन्दर, सफा र समुन्नत काठमाडौं बनाउने योजना केवल घोषणामै सीमित बन्न पुगेको छ ।

मेयर बनेको केही समयपछि नै अलोचनाको सिकार बनेका मेयर शाक्यले आफ्नो प्रतिवद्धतालाई चटक्कै भुलेका छन् । विना योजना गरिएको सय दिनका नमुना सहर बनाउने घोषणाले मेयर शाक्यलाई नै जिस्काउन थालेको छ । काठमाडौंको धुलो नियन्त्रणलाई प्रमुख एजेन्डा बनाएर चुनावी मैदानमा होमिएका शाक्यले धुलो नियन्त्रणका लागि समेत केही गर्न सकेका छैनन् ।

 

मेयर शाक्य केही हप्ता आफैं कुचो लिएर सडकमा धुलो बडार्न निस्किए । तर धुलो नियन्त्रणका योजना बनाउने र कार्यान्वयन गर्ने कुरामा नराम्ररी चिप्लिए । महानगरको पहिलो बैठक मोबाइल किन्ने निर्णय गराएर विवादमा तानिएका शाक्यले चर्को आलोचना खेपेका थिए । त्यसको केही समयपछि विलासी गाडी खरिद गर्ने उनको अर्को निर्णयको पनि सर्वत्र आलोचना भयो ।

लगत्तै काठमाडौंमा पानी परेको बेला खानेपानी विस्तारका लागि पाइल विछ्याउन खनिएका खाल्डोमा परी एक बालिकाको ज्यान गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र खाल्डो पुर्न दिएको निर्देशन कार्यान्वयन गर्ने विषयमा पनि उनले अवरोध गर्ने खाल्को अभिव्यक्ति दिएर विवादमा आएका थिए ।

काठमाडौंमा मोनोरेल र मेट्रो रेल गुडाउने सपना बोकेका मेयर शाक्य एक–पछि अर्को विवादमा तानिँदा र आफैंले गरेका प्रतिवद्धता कार्यान्वयन गर्न नसक्दा उनको सर्वत्र आलोचना भइरहको छ । मेयर बनेको सय दिनमा धुलो नियन्त्रणका लागि योजना बनाएर कार्यान्वयन गर्न नसक्ने मेयरबाट मोनो र मेट्रो रेलको अपेक्षा गर्नु मुखर्ता मात्रै हुने भन्दै काठमाडौंबासीले निराशासमेत व्यक्त गरिरहेका छन् ।

खासगरी सामाजिक सञ्जालमा मेयर शाक्यको तीखो आलोचना सुरु भएको छ । उनकै पार्टीका नेता कार्यकर्ता यतिखेर मेयरमा शाक्यको छनोट ‘गलत’ भएको बताउन थालेका छन् । मेयर बनेको तीन महिनाभित्रै उनको उपमेयर हरिप्रभा खड्गीसँग सम्बन्ध चिसिएको छ । शाक्य यतिखेर महानगरको भन्दा एमाले अध्यक्ष केपी ओलीको हरेक कार्यक्रममा सहभागी हुन थालेका छन् ।

यस्ता थिए विद्यासुन्दरका आश्वासन

० मेयरको पदभार ग्रहण गर्नु भन्दा अगाडि नै महानगरपालिकाको कार्यालय परिसरभित्रै नवनिर्वाचित जनप्रतिनिधिहरूले मूल्यवान फल लाग्ने रुख रोपेर ‘ग्रिन एन्ड क्लिन काठमाडौं’ अभियान सुरु गर्ने ।

० ‘काठमाडौँ स्मार्ट सिटिजन कार्ड’ कार्यक्रम लागू गर्न कार्यदल गठन गरी यथाशीघ्र काम सुरु गर्ने ।

० स्मार्ट सिटीको पूर्वाधारका लागि चाहिने महानगर बोर्डब्यांक को स्थापना गरी काम थाल्ने ।

० चौबिस घन्टे ‘जीवन्त सहर’ को योजना बनाउने ।

० महानगर मातहतका हरेक कार्यालयलाई आधुनिक, चुस्त, जनमैत्रीका साथै प्रविधिमैत्री कार्यालयको रूपमा स्थापित गर्दै परामर्श तथा उजुरी डेस्कलाई प्रभावकारी बनाउने ।

० महानगरपालिकाभित्रका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रहरू जस्तैः स्वयम्भू, पशुपतिनाथ, बौद्ध, वसन्तपुरलगायतका स्थानमा द्रूतगतिको निःशुल्क वाइफाइ क्षेत्र बनाउने ।

० ‘साइकल सिटी महानगर’ को कार्ययोजना प्रारम्भ गर्ने।

० महानगरपालिकाका सम्पूर्ण कार्यलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन इ–गभर्नेन्स प्रणाली सुरु गर्ने र सम्पूर्ण कार्यकक्षमा सिसिटिभी जडान गर्ने।

० भित्री सहरको हरेक ५०० मिटरमा र बाहिरी शहरमा आवश्यकता अनुसार सार्वजनिक–निजी साझेदारीकोे ढाँचामा पब्लिक सर्भिस सेन्टर बनाउने प्रक्रिया अगाडि बढाउने। त्यस्ता सेन्टरमा महिला, अपाङ्गता भएका व्यक्ति, वृद्ध, बालबालिकामैत्री, डिजिटल सूचना पाटी, शौचालय, डिजिटल सुझाब संकलन डेस्क, तौल नाप्ने (वेटिङ) मेसिन, रिचार्ज कार्ड, चार्जर, फ्रि वाइफाइको व्यवस्था गरिनेछ।

० ‘घरघरमा अचम्मको सियो र गज्जबको चुलो’ कार्यक्रम सञ्चालन गर्ने ।

० ‘सही समय सही ठाम, नो ट्राफिक जाम’ को अभियान सुरु गर्ने ।

० स्मार्ट भर्टिकल कार पार्किङ नीति निर्धारण गरी कार्यान्वयन गर्ने ।

० महानगरका विशेष स्थानमा भेइकल फ्रि जोन घोषणा गर्ने ।

० ‘काठमाडौँ महानगर झिलिक्क ः घरघर टिलिक्क’ अभियान थाल्ने । सरकारी सार्वजनिक भवनमा रंगरोगन गर्ने ।

० नदी किनारमा रहेका मठमन्दिरको संरक्षणसहितको बागमती, विष्णुमती र रुद्रमती संग्रहालय निर्माणको प्रक्रिया थाल्ने।

० ‘क्लिन द सिटी’ अभियानको प्रारम्भ धुँवाधूलो न्यून गरेर ‘नो माक्स सिटी’ को अभियानबाट सञ्चालन गर्ने।

० महानगरलाई दुव्र्यसनमुक्त सहर बनाउन रोकथाम र निर्मूल पार्ने योजना बनाएर काम सुरु गर्ने ।

० सेवानिवृत्त कर्मचारीका साथै ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्दै उहाँहरूको ज्ञान, सीप एवं अनुभवलाई जीवन्त राख्न दिवा सेवासहितको क्लब, मनोरञ्जन केन्द्र, स्वास्थ्य क्लब, जिम केन्द्र/व्यायाम/योगा केन्द्र, पुस्तकालय, स्वास्थ्य केन्द्र आदि सहितको सुविधासम्पन्न एकीकृत सेवा प्रदान गर्ने गरी भौतिक पूर्वाधारको व्यवस्था मिलाउने ।

० ‘हेल्लो मेयर क्विक रेस्पोन्स’ कार्यक्रम सञ्चालन गर्ने मिडिया एनपीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय