मोदीले धाराप्रबाह भाषण ठोक्दा किन कागजमा हेरेर भाषण गरे हाम्रा प्रधानमन्त्री देउवाले?



नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा छन्। यसै सिलसिलामा हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री देउवा एउटै मन्चमा उभिएर संयुक्त पत्रकार सम्मेलन गरे। दुवैले आआफ्नो भागको मन्तव्य दिए। औपचारिक भ्रमणका क्रममा हुने थुप्रै कार्यक्रम मध्ये यो एउटा नियमित कार्यक्रम हो।

तर पत्रकार सम्मेलनको भिडियो हेर्नुभएको भए तपाईंमध्ये कतिपयलाई लाग्न सक्छ, भारतका प्रधानमन्त्रीले धाराप्रवाह मन्तव्य दिंदा नेपालका प्रधानमन्त्रीले चाहिं किन कागजमा हेरेर मन्तव्य दिएका होलान् ? नेपालका प्रधानमन्त्रीले मोदीले जस्तो किन बोल्न सक्दैनन् ?

हुन पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण कलाको उनी नेपाल आउँदा पनि प्रशंसा भएको थियो। नेपालमा मात्रै होइन, अन्यत्र पनि उनको वाक कलाको तारिफ हुने गरेको छ। हाम्रा प्रधानमन्त्रीले पनि त्यसैगरी बोल्न सके मात्रै पनि हामीलाई थोरै सन्तोष लाग्थ्यो भन्ने हामीमध्ये धेरैलाई हुन्छ होला। तर नेपालका नेताहरुमध्ये वाक कलामा निपुर्ण मानिने पूर्वप्रधानमन्त्री केपी ओलीले समेत भारत भ्रमण गएका बेला कागज हेरेरै मन्तव्य दिएका थिए। अरु प्रधानमन्त्रीहरुले पनि त्यसैगरी पहिले नै तयार पारिएको मन्तव्य वाचन गर्ने गर्दछन्।

वास्तवमा यस्ता पत्रकार सम्मेलनहरुमा दुवै पक्षका वक्ताहरुले पहिले नै तयार पारिएका मन्तव्य वाचन नै गर्ने हुन्। अरु देशको तरिका पनि प्राय यहि नै हो। निकै नै औपचारिक कार्यक्रम हुने हुँदा यस्ता कार्यक्रममा बोलिने हरेक शब्दको महत्व हुने गर्दछ। त्यसैले यस्ता कार्यक्रममा प्रस्तुत गरिने मन्तव्यको तयारीमा टिम नै लागेको हुन्छ। यसो भनिरहँदा भारतीय प्रम मोदीले त कागज नै नहेरी धाराप्रवाह बोले, भन्ने लाग्नु स्वभाविक हो। तर मोदीले पनि पहिले नै तयार गरिएको मन्तव्य वाचन गरेका हुन्, कागजको प्रयोग चाहिं उनले गरेनन्। । त्यो कसरी गरियो त ?

पत्रकार सम्मेलनको तस्वीर वा भिडियो राम्ररी नियाल्नुभयो भने दुई देशका प्रधानमन्त्रीहरु उभिएको ठाउँमा भन्दा थोरै अगाडि माथिपट्टि सिसा भएको एउटा स्ट्यान्ड देखिन्छ। भारतीय प्रधानमन्त्रीको दायाँ र बायाँ, थोरै अगाडि यस्तै स्ट्यान्ड देखिन्छ। यो विशेष प्रकारको उपकरणलाई भनिन्छ, प्रम्प्टर वा टेलिप्रम्प्टर। यसले प्रोजेक्टरले जस्तै काम गर्छ जसमा हेरेर टेलिभिजनहरुमा कार्यक्रम वा समाचार प्रस्तोताले पहिले नै तयार पारिएका स्क्रिप्टहरु वाचन गर्दछन्। कम्प्युटरसँग जडान गरिने यस्ता उपकरणमा कम्प्युटरबाटै पाठ वा मन्तव्य लोड गर्न सकिन्छ र वक्ताको बोलीको गतिअनुसार स्वचालित अवस्थामा राख्न सकिन्छ। वक्ताले आरामसँग त्यसमा हेरेर वाचन गर्न सक्छ। सार्वजनिक समारोहहरुमा पनि यसखालको उपकरण प्रयोग गर्न सकिन्छ। यसमा देखिने अक्षरहरु एकापट्टि अर्थात वक्ता भएको दिशाबाटमात्र देखिन्छ।

भारतका प्रधानमन्त्रीले त्यहि उपकरणमा देखिएका अक्षरहरु हाउभाउसहित वाचन गरेका हुन्। त्यहि हाउभाउ र आँखाको ताललाई कायम राख्न दुईपट्टी त्यस्तो उपकरण राखिएको हो जसले गर्दा अगाडि रहेका मानिसले आफैलाई हेरेर बोलेजस्तो लाग्छ। तस्वीरलाई नै जुम गरेर हेर्ने हो भने उनको नजर बेला बेला कता छ भन्ने चाल पाउन सकिन्छ। तर मोदी हाउभाउसहितको वाक कलामा पारंगत भएकाले त्यो भेउ पाउन कठिनै छ। भिडियोमा क्लोज सट हेर्दा भने उनको अनुहारको चालबाट उनी कतैबाट स्क्रिप्ट पढिरहेका छन् भन्ने प्रष्ट हुन्छ।

त्यसो भए नेपालका प्रधानमन्त्रीले कागजबाट मन्तव्य वाचन नगरेर त्यस्तै उपकरणको प्रयोग किन नगरेको त ? यो प्रश्न पनि स्वभाविक हो। जवाफ पनि स्वभाविक छ। नेपाली भ्रमण दलले यसबारे सोच्ने र तयारी गर्ने फुर्सद नै पाउँदैन। भारतमै रहने नेपाली दूतावासले यसको तयारी गर्न सक्नुपर्ने हो, तर सकेको छैन। भारतीय प्रशासनले नेपाली प्रधानमन्त्रीका लागि किन यस्तो तयारी गर्ला ? त्यसमाथि सफल नेतृत्वका लागि प्रभावकारी भाषणकला पनि चाहिन्छ, उच्च ओहदामा पुगेकाले कमजोरी छ भने सिक्नुपर्छ भन्ने हेक्का नेपाली राजनीतिक वृत्तमा आजसम्म स्थापित भएको कहाँ छ र ?

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम