प्रहरी इन्काउन्टरमा परेका खत्रीको मृत्यु
ललितपुर जिल्लाकाे कुसुन्तीमा प्रहरीकाे गाेली लागी एक जनाकाे मृत्यु भएकाे छ । ललितपुर कुसुन्तीमा सोमबार दिउँसो प्रहरीको ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको हाे ।लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुकाे टोलीले खत्रीको घरमा अप्रेसनका लागि गएको थियो। प्रहरी आएको थाहा पाएपछि उनले साढे दुई तला माथिको कौशीमा गएर हाम फालेका थिए।