भुटानी शरणार्थी समस्या चाँडो समाधान गर्न सरकारलाई आग्रह गर्छौं : सांसद मोदी



हाम्रो इकोनोमि

भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति झापा–मोरङले सरकारसमक्ष पाँच बुँदे माग अघि सारेको छ ।

रिपोर्टर्स क्लब नेपालको आयोजित पत्रकार सम्मेलनमा, स्वदेश फिर्ता हुन पाउनुपर्ने, तेस्रो मुलुकमा जान पाउनुपर्ने, स्थानीयकरण गरिनुपर्ने लगायतका मागहरु अघि सारेको हो ।

सम्मेलनमा माओबादी केन्द्रका सांसद अनमनलाल मोदीले शरणार्थीहरुको समस्या जतिसक्दो चाँडो समाधान गर्नको लागि सरकारलाई आग्रह गर्ने बताएका छन् ।

मानव जाती सर्वोत्कृष्ट प्राणी भएको भन्दै मानिस हुनुको गर्व गर्न पाउनु पर्नेमा जोड दिए। उनले भने,‘मानव हुनुको नाताले पनि पारिवारिक सम्बन्ध र देश छोडेर अरुको देशमा शरणार्थी भएर बस्नुको पिडा कारुणीक छ, यो विषयलाई अन्तराष्ट्रिकरण गर्नुपर्छ, जहाँसम्म नेपाल सरकारले नागरिकता दिनुपर्छ भन्ने माग छ त्यो पुरा नहुनसक्छ, किनकी यस्ता रित बसालेको खण्डमा हाम्रो राष्ट्रियता कमजोर बन्छ।’त्यस्तै एमाले सांसद महेन्द्रा लिम्बुले शिविरमा मानवताको खडेरी परेको बताएकी छिन् ।

उनले भनिन्,‘हाम्रो देशमा जति शरणार्थीहरु छन् त्यहाँको स्थिति निक्कै नाजुक छ, हाम्रो मुलुको स्थिति पनि त्यस्तै लथालिङग छ, तर सिविरको पीडा यहाँ पोख्न गाह्रो हुन्छ, यी समस्या समयमै समाधान नगरिए यसले ठुलो रुप लिन्छ। त्यस्तै कार्यक्रममा शिविरका सल्लाहकार राजमान गुरुङले विगत २५ बर्ष देखि नेपालको पूर्वी भागमा बसोबास गर्दै आएका भूटानी शरणार्थीहरुको समस्या दिर्घकालिन रुपमा समाधान गर्न नेपाल सरकारसँग जोडदार माग गरे ।

उनले भने,‘लामो समय शरणार्थी समस्या समाधानका लागि पहल भए पनि ठोस कदम उठान गर्न नसक्दाअझै पनि १० हजार हाराहारी नेपाली भाषी भूटानी शरणार्थीहरु थप कष्टकर जीवन विताउन बाध्य छन्, यस्तो स्थीतमा नेपालसरकार मुखय गरी जिम्मेवार बन्नुपर्छ।’

त्यस्तै प्रवक्ता सुक बहादुर राईले २००७ देखि सुरु गरिएको तेस्रो देश पुनर्वास कार्यक्रमले १ लाख बढी शरणार्थीहरु अमेरिका, क्यानाडा, नर्वे, वेलायत, न्युजरल्याण्ड, नेदरल्याण्ड, अष्टे«लिया, डेनमार्क लगायतका देशहरुमा स्थानान्तरण भईसकेको र बाँकि रहेकालाई तत्काल व्यवस्थापन गर्न माग गरे।

त्यस्तै टोली संयोजक चम्पासिङ राईले झापा र मोरङ्गमा रहेको बेलडाँगी र पथरी शनिश्चरे शिविरमा थोरै संख्यामा रहेका भूटानी शरणार्थीहरुको राहत समेत दिन प्रति दिन कटौती हुँदै आएकोमा चिन्ता व्यक्त गरे । कार्यक्रमका सञ्चालक नास्मी राईले तत्काल आफ्ना माग पुरा नभए समस्याले जटिल रुप लिने बताए ।

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...