२ बर्षमा पाइपलाइमा तेल



हाम्रो इकोनोमि

झन्डै २० वर्षदेखि चर्चामा रहेको पाइपलाइन निर्माणको  काम दुई महिनापछि सुरु हुने भएको छ । पेट्रोलियम पाइपलाइन मोतिहारीदेखि अमलेखगन्जसम्म बन्ने भएको हो। पाइपलाइन विस्तार गर्ने बाटोमा पर्ने टेलिकम र विद्युत् प्राधिकरणका पोल हटाउने काम अन्तिम चरणमा पुगेकाले बाटो खन्नेसँगै पाइपलाइन बिछ्याउने काम दुई महिनापछि हुने भएको हो ।

 

पाइपलाइन विस्तार गर्ने बाटोमा पर्ने टेलिकम र विद्युत् प्राधिकरणका पोल हटाउने काम अन्तिम चरणमा पुगेकाले बाटो खन्नेसँगै पाइपलाइन बिछ्याउने काम दुई महिनापछि हुने भएको हो ।

नेपाल आयल निगमको क्षेत्रीय कार्यालय अमलेखगन्जले रक्सोल–अमलेखगन्ज बाटोमा पर्ने ४ सयवटा बिजुली र टेलिकमका पोल हटाउनुपर्ने जनाएको छ । त्यस्तै सोही बाटोमा पर्ने २५ हजार वटा रुख काट्नुपर्ने छ । पाइपलाइन बिछ्याउने बाटो खन्दा सडकको सम्भावित क्षतिका लागि सडक डिभिजन कार्यालयलाई ८ करोड रुपैयाँ भुक्तानी गर्न लागिएको कार्यालयका क्षेत्रीय प्रमुख प्रदीपकुमार प्रमुख यादवले जानकारी दिए । पाइपलाइन विस्तार गर्न ३ सयवटा घरसमेत हटाउनुपर्ने भएको छ ।

पहिलो चरणमा भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म ६९ किलोमिटर पाइपलाइन विस्तार हुनेछ । मोतीहारीदेखि रक्सोलसम्म आईओसीले निर्माण गर्ने र रक्सोलदेखि अमलेखगन्जसम्म नेपालले निर्माण गर्नेछ । नेपालतर्फ ३६ किलोमिटर दूरी पर्छ ।

मोतिहारीदेखि रक्सोलसम्म ३३ किलोमिटर र रक्सौलदेखि अमलेखगन्जसम्मको दूरी ३६ किलोमिटर रहेको छ । पाइपलाइन निर्माणको कुल लागतको ३० प्रतिशत नेपाल आयल निगम र बाँकी आईओसीले बेहोर्ने छन् ।

यसअघि रक्सोलदेखि अमलेखगन्जसम्म पाइपलाइन विस्तार गर्ने भनिएकोमा हाल आएर भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म विस्तार गरिने भएको हो । पाइपलाइन विस्तारका लागि आईओसी र निगमको संयुक्त २ अर्ब ७५ करोड लागत रहेकोमा थप भएर ३ अर्ब पुगेको रक्सोल–अमलेखगन्ज पेट्रोलियम परियोजनाका मेकानिकल इन्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिए ।

आईओसीले सन् २०१७ मा काम सुरु गरेर २०१८ मा सक्ने लक्ष्य राखेको छ । नेपाल र भारत सरकारबीच दुई वर्षअघि नै पाइपलाइन विस्तार गर्ने सम्झौता भए पनि अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन । पहिलो चरणमा मोतिहारीदेखि अमलेखगन्ज र दोस्रो चरणमा अमलेखगन्जदेखि चितवनसम्म पाइपलाइन विस्तार गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...