गोर्खाल्याण्ड आन्दोलन दिल्ली पुग्यो,पहाडको बन्द हड्ताल कायमै



हाम्रो इकोनोमि

स्कुलहरुमा बंगाली भाषा अनिर्वाय गर्ने पश्चिम बंगाल सरकारको निर्णय विरुद्ध दार्जीलिङमा जारी गोर्खाल्याण्ड आन्दोलन अब दिल्ली केन्द्रित भएको छ । तर, पहाडको बन्द हड्ताल भने कायमै छ ।
मंगलबार कालेम्बुङमा बसेको गार्खाल्याण्ड मुभमेण्ट कोअर्डिनेशन कमिटी (जीएमसीसी) को बैंठकले दार्जीलिङमा आन्दोलनलाई जारी राख्दै केन्द्रीय सरकारलाई दबाव दिन दिल्ली जाने निर्णय गरेको थियो ।

उता गोर्खा जनमुक्ति मोर्चा (गोजमो) अब यो आन्दोलनमा प्रधानमन्त्री कार्यलयको हस्तक्षेप चाहान्छ । मोर्चा प्रमुख विमल गुरुले पनि पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न चाहेको बताएका छन् ।
गुरुले बुधवार मात्रै केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई भेटेका थिए । उनले सिंहलाई भेटेर मोर्चा प्रतिनिधिहरुसँग मोदीको बैंठक राख्न आग्रह गरेका छन् । प्रधानमन्त्री मोदीसँग भेट्न मोर्चाले रुपरेखा बनाइरहेको मोर्चा महासचिव रोशन गिरीले जनकारी दिए ।

जीएमसीसीले गोर्खाल्याण्ड आन्दोलन प्रति केन्द्रको ध्यानाकर्षण गराउन १ अगस्त देखि दिल्ली केन्द्रित कार्यक्रम घोषणा गरेको छ ।
यसमा सबै दलका प्रतिनिध रहने छन् जसले दिल्लीका विभिन्न र सांसदहरुसँग भेट गर्नेछ । मोर्चालाई लागेको छ कि केन्द्र गोर्खाल्याण्डको प्रक्षमा छ, तर न अहिलेसम्म केन्द्रले मुख खोलेको छ नत भाजपा नेताहरु नै यसबारे मुख खोल्छन् ।
सुत्रका अनुसार राज्य प्रशासनले दार्जीलिङमा गरिरहेको दमन माथि केन्द्रको हस्तक्षेप चाहाने मोर्चाका प्रतिनिधिहरुलाई केन्द्रले भनेको छ,‘ यो कानुन व्यवस्था राज्यको विषय हो, यसमा केन्द्रले हस्तक्षेप गर्न मिल्दैन् । राज्यले चाहेमा अर्ध सैनिक बल पठाउन सकिने छ ।

आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चाले आह्वान गरेको अनिश्चितकालीन हडताल आजबाट ३६औं दिनमा प्रवेश गरेको छ ।
यस वर्षको गोर्खाल्यान्ड आन्दोलन हिंस्रक हुन पुग्दा आठजनाले ज्यान गुमाएका हुन् भने प्रदर्शनकारी र प्रहरीको झडप हुँदा कैयौं घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...