मन्त्रिमण्डल विस्तारबारे टुंगो लगाउन हाई कमान्डको बैठक बालुवाटारमा



लामो समयदेखि विविध कारणबस विस्तार हुन नसकेको मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा मन्त्रालयको संख्या र मन्त्रायलयको बाँडफाँटका विषयमा दुई दलका तर्फबाट गठित कार्यदलले गरेको तयारीका आधारमा बैठक बस्न लागेको छ। मन्त्रिमण्डल विस्तारको विषयमा छलफल गरी टुंगो लगाउन सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी नेतृत्वबीच अहिले साँझ ६ बजे बालुवाटारमा बैठक हुने भएको छ।

खासगरी मन्त्रिमण्डलमा २० वटा मन्त्रालयलाई दुई दलबीच ३ बराबर ५ को अनुपातमा माओवादी र कांग्रेसबीच बाँडफाँट गर्ने भनिएपनि पछिल्लो समय माओवादीले ९ मन्त्रालयको दाबी गरेपछि कार्यदलभित्र सहमति हुन सकेको थिएन।
संविधान संशोधनको पक्षमा आवश्यक बहुमत जुटाउन नसकेपछि सरकारको पक्षमा सुविधाजनक बहुमत कायम गराउन पनि सरकारमा बढी दललाई सहभागी गराउन पनि कांग्रेसले माओवादीलाई ७ बाट बढाएर ८ मन्त्रालयमा चित्त बुझाउन आग्रह गर्दै आएको थियो। तर माओवादीभित्र मन्त्रीका आकांक्षी बढी देखिएपछि नेतृत्वले ९ मन्त्रालयको अडान छाडेको छैन्।

यसै विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित कार्यदलका सदस्यहरु आज सांझ बसेर यी सबै विषय टुंग्याउने र बुधबारसम्ममा मन्त्रिमण्डल विस्तार हुने सत्तारुढ दलका नेताले बताए।
तत्काल आन्तरिक विवादमा अल्झिएको राप्रपा सरकारमा सहभागी हुने सम्भावना कम रहेको र संघीय समाजवादी पार्टी पनि अहिले नै सरकारमा सहभागी नहुने अवस्था रहेको भन्दै दुई दलबीच ३० वटा मन्त्रालयमध्ये २० बाट केही संख्या थप गरी माओवादीलाई ९ र कांग्रेसले १३ वटा मन्त्रालय लिने सम्भावना बढेर गएको छ।

यसैबीच कांग्रेस र माओवादी गठबन्धनलाई निरन्तर सहयोग गर्दै आएको नेकपा संयुक्तलाई देउवा नेतृत्वको मन्त्रिमण्डलमा पनि एक मन्त्रालय दिने सहमति यसअघि नै भइसकेको छ भने अरु साना दलका तर्फबाट दुई जनासम्मलाई मन्त्रिमण्डलमा सामेल गराउने कि एक मन्त्री र एक राज्यमन्त्री दिएर मिलाउने भन्ने अझै टुंगो लागेको छैन।मन्त्रालयको संख्या टुंगो लागेपछि कुन मन्त्रालय कस्को भागमा पार्ने भन्ने विषय पनि दुई पक्षले टुंगो लगाउने छन्। त्यसपछि मात्र माओवादी र कांग्रेसबाट मन्त्रिमण्डलमा थपिने सदस्यहरुको नाम टुंगो लाग्न सक्ने छ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

माओवादीले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्ने

    नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन र खबरदारी सभा

नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको