पार्टी त्यागेकालाई राजपाको जबर्जस्ती,८१५ का नाममा कसले गर्यो मस्ती ?



हाम्रो इकोनोमि

८१५ जना केन्द्रीय सदस्यको सुची निर्वाचन आयोगमा बुझाएको राजपा नेपालले अर्को जात्रा देखाएको छ। असार २३ गते निर्वाचन आयोगमा निवेदन दिएपछि असार २८ गते बुझाएको कार्यसमिति सदस्यको सूचिमा नेकपा एमालेका नेताको नाम पनि समाबेश गरेर उसले आफ्नो छबि माथी आफै प्रश्न गरेको हो।

राजपा नेपालका सहमहामन्त्री रहेका समिम मियाँ अन्सारी जेठ १३ गते नै सो पार्टीबाट राजिनामा दिएर एमाले पार्टीमा प्रवेश गरेका थिए । त्यस्तै राजपा नेपालका कोषाध्यक्ष अनिता यादव भने असार ४ गते सो पार्टी छाडेर एमालेमा प्रवेश गरेकी थिइन् । एमालेमा अहिले उनीहरुले कुनै जिम्मेवारी नपाएपनि संगठनका लागि सक्रिय भइसकेका छन् । अनितालाइ एमाले मुख्यालयमा पार्टी अध्यक्ष केपी ओलीले नै भित्र्याएका थिए। त्यस्तै रुपन्देही जिल्लाका मनमोहन चौधरी जसले असार १४ गते भएको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदारी दिएर लुम्बनी सँस्कृति नगरपालिकाको मेयरमा जितेका छन् । उनी राजपा नेपालका केन्द्रीय सदस्य हुन् ।

राजपाले निर्वाचन आयोगमा बुझाएको सुचिमा अध्यक्ष ६ जना, वरिष्ठ नेता तीनजना, वरिष्ट उपाध्यक्ष आठजना, उपाध्यक्ष २४ जना, महासचिव ३१ जना, सहमहासचिव ३४ जना, सचिव १२ जना, कोषाध्यक्ष ५ जना रहेका छन् ।
त्यस्तै, सहकोषाध्यक्ष दुईजना रहेका छन् भने प्रवक्ता र सहप्रवक्ता ६–६ जना रहेका छ । त्यसमा केन्द्रीय सदस्य ६८१ रहेका छन् ।
छवटा दलले एकीकरण गरिसकेपछि पनि आआफ्नो दलमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरु भर्ति गरेका छन् । महन्थ ठाकुर नेतृत्वको तमलोपाले दुईसय १५ जनाको नाम बुझाएको छ, त्यसमध्ये २५ जना पदाधिकारी रहेका छन् ।

त्यस्तै राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले एकसय ६८ जनाको नाम पठाएका छन् त्यसमध्ये ३३ जना पदाधिकारी रहेका छन् ।
महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टीले १३१ जनाको नाम पठाएको छ त्यसमध्ये १९ जना पदाधिकारी रहेका छन् ।

त्यसैगरि, शर्तसिह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीले एकसय एकजनाको नाम पठाएको छ त्यसमध्ये १५ जना पदाधिकारी रहेका छन् ।
अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टीले एकसय ६० जनाको नाम पठाएको छ त्यसमध्ये २८ जना पदाधिकारी रहेका छन् । राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिकले ५० जनाको नाम पठाएको छ त्यसमध्ये १४ जना पदाधिकारी रहेका छन् । यी मध्ये धेरैले राजपा त्यागिसकेको र एमाले सहित अन्य पार्टीमा प्रवेश गरेका हरुको संख्या अधिक रहेको स्वयम् राजपाकै नेता बताउछन। भारतीय दुतावासले पार्टीको सदस्य संख्याका आधारमा भुक्तानी गर्ने भएपछी पनि राजपाले तालुकदार अड्डा निर्वाचन आयोगमा जम्बो समिति पठाएको श्रोतको भनाइ छ। पार्टीहरुले दिएको सदस्य संख्याको अनुपातको हैसियत कुनैको नभएको फोरम नेपालका एक केन्द्रिय सदस्यले हाम्रो इकोनोमी संगको भेटमा सुनाए।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...