नविल बैंकको थप ४ ठाउँमा एटिएम सेवा शुचारु



हाम्रो इकोनोमि

काठमाण्डौं । नबिल बैंकले थप ४ वटा नयाँ एटीएमहरू सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार काठमाडौंको बूढानिलकण्ठ, पुतलीसडक, वीरगन्जको होटल भिस्वाँ र लुम्बिनीमा नयाँ एटिएम सेवा शुचारु गरेको हो । यससँगै बैंकको एटीएम सञ्जाल काठमाडौं उपत्यकाभित्र ५४ वटा र उपत्यका बाहिर ४६ वटा गरी कुल सय पुगेको छ । भिसा कार्ड, मास्टर कार्ड, युनियन पे अन्तराष्र्टिय कार्ड र एससिटी कुनै पनि कार्ड बाहकहरूले उक्त एटीएमहरूबाट नगद झिक्ने तथा एटीएमका अन्य सुविधाहरू उपभोग गर्न सक्ने छन् ।

नबिल बैंकले ५२ वटा शाखा र १ विस्तारित काउन्टरको बृहत् सञ्जाल, सयवटा एटीएमको विशाल संरचना र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरूसँगै अघि बढ्ने विश्वास राखेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

    नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ ।...

भारतमा बजेट भाषण, १२ अर्बभन्दा बढी नेपाललाई अनुदान

    नेपाललाई भारत सरकारले आगामी आर्थिक वर्षमा ७ सय करोड भारतीय रुपैया...