नविल बैंकको थप ४ ठाउँमा एटिएम सेवा शुचारु



हाम्रो इकोनोमि

काठमाण्डौं । नबिल बैंकले थप ४ वटा नयाँ एटीएमहरू सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार काठमाडौंको बूढानिलकण्ठ, पुतलीसडक, वीरगन्जको होटल भिस्वाँ र लुम्बिनीमा नयाँ एटिएम सेवा शुचारु गरेको हो । यससँगै बैंकको एटीएम सञ्जाल काठमाडौं उपत्यकाभित्र ५४ वटा र उपत्यका बाहिर ४६ वटा गरी कुल सय पुगेको छ । भिसा कार्ड, मास्टर कार्ड, युनियन पे अन्तराष्र्टिय कार्ड र एससिटी कुनै पनि कार्ड बाहकहरूले उक्त एटीएमहरूबाट नगद झिक्ने तथा एटीएमका अन्य सुविधाहरू उपभोग गर्न सक्ने छन् ।

नबिल बैंकले ५२ वटा शाखा र १ विस्तारित काउन्टरको बृहत् सञ्जाल, सयवटा एटीएमको विशाल संरचना र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरूसँगै अघि बढ्ने विश्वास राखेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...

१३ शाखामा नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार

  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

आजका विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...