शर्मालाई थप ६ दिन हिरासतमा राख्न म्याद थप



हाम्रो इकोनोमि

काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि ६ दिनको म्याद थपेको छ । अख्तियारले दोस्रोपटक म्याद थपका लागि शुक्रबार विशेष अदालतमा पेस गरेको थियो । नयाँ पत्रिकाले समाचार छापेको छ ।

अनुसन्धानको प्रकृति, गम्भीरता र जटिलतालाई हेरेर शर्मामाथि थप अनुसन्धान गर्न म्याद थप गरिएको विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए । अख्तियारले शर्मामाथि अनुसन्धान गर्न एक महिनाको समय माग गर्दै अदालतमा निवेदन दिएको थियो । न्यायाधीश भूपेन्द्र राई, नरेन्द्र सिवाकोटी र महेश पुडासैनीको इजलासबाट ६ दिनका लागि म्याद थप दिइएको रजिस्ट्रार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कर फर्स्यौट आयोगमार्फत ब्याज मिनाहाका विषयमा थप बुझ्नका लागि म्याद थप गरिएको हो । रजिस्ट्रार श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐनमै अनुसन्धानको प्रकृति र जटिलतालाई ध्यान दिएर ६ महिनासम्म थुनामै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरिएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...