भारत बिरोधी आन्दोलन, दन्कियो दार्जिलिंग



हाम्रो इकोनोमि

काठमाडौँ/  भाषिक बिबादले उग्ररुप लिदा दार्जिलिंग अशान्त मात्र होइन रणभुमीमा परिणत भएको छ। केही बेर अघि मात्र गोजमुमोले अनिश्चितकालिन बन्द आह्वान गरेको छ। अबस्थालाई नियन्त्रण गर्न राज्य सरकारले सेना खटाउने भएको छ। छुट्टै गोर्खाल्याण्ड राज्यको माग राखेर भएको आन्दोलन उग्र बनेपछी त्यहाको जनजीवन आतंकित बनेको छ।

दार्जिलिङमा राज्य सरकारको ‘क्याबिनेट मिटिङ’ भइरहेका बेला गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताले बिथोल्न खोजेपछि दार्जिलिङ तनावग्रस्त बनेको छ । राज्य सरकारले बंगाली भाषालाई अनिवार्य गरेको विरोधमा सिंगो दार्जिलिङ आन्दोलित भइरहेका बेला मुख्यमन्त्री ममता बेनर्जीले पहिलोपटक दार्जिलिङमै क्याबिनेट बैठक गर्ने साहस गरेकी थिइन् ।

दार्जिलिङको भानु भवनमा क्याबिनेट बैठक जारी रहेकै बेला मोर्चा कार्यकर्ताले मुख्यमन्त्री बेनर्जीविरुद्ध चर्का नाराबाजी गरेपछि सुरक्षाकर्मीले केही दर्जन सेल अश्रु ग्यास प्रहार गरेको छ ।

सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरी कार्यकर्ता तितरवितर पारेको थियो । सुरक्षाकर्मीको ज्यादती विरुद्ध दार्जिलिङसहित, मिरिक, कालिम्पोङ, खरसाङलगायतका क्षेत्रमा मोर्चा समर्थकले स्वतस्फूर्त व्यवसाय र सवारी आवतजावत बन्द गरेका छन् । घटनाको विरोधमा कालिम्पोङमा मुख्यमन्त्री बेनर्जीको पुतला दहन गरिएको छ । यस्तै प्रदर्शनकारीले सुरक्षाकमर्मीको दुईवटा जीपमा आगजनी गरेका छन् भने सरकारी बसमा तोडफोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...