देउवा सरकारमा को-को मन्त्री बन्दैछन ?



काठमाडौँ/  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेका छन्।

आजै साँझसम्ममा संसदको झण्डै दुई तिहाई मत लिएर प्रधानमन्त्री पदमा निर्वाचित हुने कुराले औपचारिकता पाउनमात्रै बाँकी रहेको अवस्थामा सभापति देउवाले भालीसम्म आफूसहित सत्तासाझेदार दलबाट केही प्रतिनिधिका रुपमा मात्रै मन्त्रिमण्डलमा सामेल गराउने विषयमा छलफल गरिरहेका छन्।

आज दिनभर र भोली बिहानसम्ममा सत्तारुढ गठबन्धन कांग्रेस, नेकपा माओवादी केन्द्र र फोरम लोकतान्त्रिकबाट मिलाएर सातजना सम्मलाई मन्त्रिमण्डलमा सामेल गर्न सक्ने देउवा निकट एक नेताले बताए।

माओवादीसँगको सत्ता बाँडफाँटको विषयमा गृह, अर्थ, भौतिक, परराष्ट्र स्थानीय विकास, उर्जा, स‌चार, सामान्य प्रशासन, शिक्षा, रक्षा र स्वास्थ्य मन्त्रालयलाई प्राथमिकतामा राखेर यसअघि माओवादी र कांग्रेसले लिएका मन्त्रालय एकआपसमा साट्ने तयारी भइरहेको छ।
पहिलो चरणमा कांग्रेसबाट बढीमा तीन जनालाई मन्त्रिमण्डलमा सामेल गराउने सम्भावना रहेको स्रोतको दाबी छ।

देउवाले पार्टी नेता गोपालमानसिंह श्रेष्ठलाई उपप्रधानमन्त्रीमा, ज्ञानेन्द्रबहादुर कार्की र महेश आचार्यलाई पहिलो चरणमा मन्त्रीमण्डलमा सामेल गराउने विषयमा पार्टीभित्र छलफल चलाइरहेका छन्। कांग्रेसको भागमा पर्ने अर्थ मन्त्रालयको जिम्मा आचार्यले पाउने सम्भावना बढी रहेको छ भने भौतिक पूर्वाधार मन्त्रालय ज्ञानेन्द्रवहादुर कार्कीलाई दिने तयारी देउवाको छ ।

देउवाले दोस्रो चरणको निर्वाचन भन्दा अगाडि सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी भइरहेपनि पार्टीभित्रका आकांक्षीहरुको संख्या अधिक भएका कारण व्यवस्थापनमा देउवालाई कठिनाई भइरहेको छ।

पार्टीभित्र समावेशीताको सिद्धान्त अपनाएका देउवालाई जनजातिबाट भिष्मराज आङदम्बे, दलितबाट मीनबहादुर विश्कर्मा, मधेसीबाट महेन्द्र यादव, किरण यादव, मुस्लिमबाट फरमुल्लाह मन्सुर, महिलाबाट अम्बिका बस्नेत, इश्वरी न्यौपाने, ६ नम्बरबाट भरतकुमार शाह, सुदुरपश्चिमबाट बीरबहादुर बलायर, एनपी साउद, जस्ता नतोहरुलाई पनि समेट्न दबाब बढीरहेको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट आचार्यका अलवा रामशरण महत, आनन्दप्रसाद ढुंगाना, दिलबहादुर घर्ति, बलबहादुर केसी, चन्द्रमोहन यादव मन्त्रिपदका आकांक्षी देखिएका छन् भने नेता कृष्णप्रसाद सिटौलाको समूहबाट गगन थापाले दोहोर्याउन चाहेपनि उनको स्थानमा भीमसेनदास प्रधानको सम्भावना बलियो बन्दै गएको छ।

त्यसैगरी माओवादीबाट २ जनासम्म मन्त्रिमण्डलमा सहभागी गराउने देउवाको चाहना भएपनि अहिलेसम्म माओवादीले वर्तमान उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई नै गृहको जिम्मा दिन्छ अथवा टोपबहादुर रायमाझी र गिरिराजमणी पोख्ररेलको नेतृत्वमा सहभागी गराउँछ भन्ने अझै टुंगो लागेको छैन।

यसबाहेक पहिलो चरणमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि मन्त्रिमण्डलमा सहभागी हुन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्