निद्रामा घुर्नेको उपचार यसै वर्षदेखि



हाम्रो इकोनोमि

काठमाडौँ । सँगै सुत्ने मानिस रातभर घुर्दा कति तनाव होला रु यो घुराइपीडितलाई बाहेक कमैलाई थाहा होला रु दिनभर थकाइले चुर भएर घुराइका कारण राम्ररी सुत्न नसक्नेको समस्यालाई अब त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको गणेशमान सिंह स्मृति नाक, कान तथा घाँटी प्रतिष्ठान ९ईएनटी विभाग० ले सुल्झाउने भएको छ ।

विभागले यसै वर्षदेखि परीक्षण र उपचार सुरु गर्ने भएपछि घुर्ने मानिस र उसको घुराइबाट दिक्क भएकाको समस्या समाधान भएको हो । नाक, कान, घाँटीसम्बन्धी नसाका कारण राति घुर्ने समस्या बढ्दै गएको जनाउ“दै विभागका प्रमुख प्राडा। राजेन्द्रप्रसाद गुरागाईंले चालू वर्षमा परीक्षण र उपचार कार्य सुरु गर्ने जानकारी दिए ।

ईएनटी विभागले सेवा सुरु गरेको नौ वर्ष पूरा भई १०औं वर्ष प्रवेशको अवसरमा सोमबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा गुरागाईंले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘यो वर्ष परीक्षण र उपचार सुरु गर्ने योजनामा छौं,’ उनले राजधानीस“ग भने, ‘यसै वर्षदेखि नाक, कान तथा घाँटी विषयमा पोस्ट ग्राजुएट अध्ययन पनि सुरु गरिनेछ ।

राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...