को को तानिदैछन् अकुत सम्पतिमा



हाम्रो इकोनोमि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा दीप बस्न्यात नियुत्त भएपछि लोकमानले भन्ने गरेका ठुला माछा अख्तियारको जालोमा पर्न थालेको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियारले पक्रउ गरेपछि अकुत सम्पत्तिमा अख्तियारले छानविन गरिरहेका विशिष्ट श्रेणीका कर्मचारीहरु आत्तिन थालेका छन । अख्तियार स्रोतका अनुसार शर्मा पछि नेपाल सरकारका सचिव अर्जुनकुमार कार्की, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खडका, उपत्यका विकास प्राधिकरणका आयुत्त भाइकाजी तिवारी, शान्ति मन्त्रलयका सचिव गजेन ठाकुर, ऊर्जा मन्त्रालयका सचिव अनुप उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, गृहमन्त्रालयका चन्द्रमान श्रेष्ठ, राष्टबैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठमाथि अकुत सम्पत्ति आर्जनमा छानबिन गर्ने जनाएको छ । उनीहरुलाई अख्तियारले १३ पाने फारम भराइसकेको छ । लोकमासिंह कार्कीले अकुत सम्पत्ति आर्जनमा उन्मुत्ति दिएका चुडामणि शर्मा, अजुन कार्की, गोपालबहादुरु खडका र भाइकाजी तिवारी छानबिनमा पहिलो सूचीमा परेका परेका मध्य शर्मा पक्राउ परिसकेका छन । उनीपछि अर्नुन कार्की , गोपालबहादुर खडका, भाइकाजी तिवारी आउँछन । दृष्टि साप्ताहिक समाचार लेख्छ ।

 

 

प्रतिक्रिया दिनुहोस
एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

गुडिरहेको मोटरसाइकलमा उभिएर बब्लु गुप्ता सरर…….

    सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...