पूर्व–पश्चिम रेलमार्ग स् सम्भाव्यता अध्ययन पूरा



हाम्रो इकोनोमि

काठमाडौं । मुलुकमा रेल यातायात सञ्चालन गर्न सरकारले घोषणा गरेका विभिन्न तीनओटा रेलमार्ग तथा खण्डरलिङ्क निर्माणका कार्यहरू अघि बढेका छन् । राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका पूर्व–पश्चिम रेलमार्ग, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग र हाल सञ्चालनमा रहेको जयनगर–जनकपुर–बिजुलपुरा–बर्दिवासको बाँकी निर्माणाधीन रेलमार्ग निर्माणका लागि आवश्यक तयारीहरू तीव्र पारिएको आर्थिक सर्वेक्षण २०७३र७४ मा उल्लेख छ ।

मुलुकमा सञ्चालनमा ल्याउने भनिएका रेलमार्गका अधिकांश खण्ड तथा लिङ्कहरूको निर्माण अवस्था प्रारम्भिक चरणमै रहेको देखिएको छ । मुलुकको यातायात व्यवस्थालाई सहज बनाई मानव संसाधन र पूर्वाधारहरूको विकास गरी पछि परेका क्षेत्र र समुदायको आर्थिक–सामाजिक पक्षलाई सुदृढ एवम् माथि उकास्ने लक्ष्यका साथ सरकारले घोषणा गरेका रेलमार्गमध्ये पूर्व–पश्चिम रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भई अन्य आवश्यक काम सुचारु भएको सर्वेक्षणमा उल्लेख छ ।

पछिल्लो समयमा निकै महत्त्व का साथ हेरिएको रेल यातायातलाई कार्यान्वयनमा ल्याउने गरी शुरू गरिएका रेलमार्गमध्ये पूर्व–पश्चिम रेलमार्गको कुल ९ सय ४५ किलोमिटरमध्ये हालसम्म ३ सय ७२ किलोमिटर रेलवे लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । आर्थिक सर्वेक्षणअनुसार रेलमार्गमा पर्ने खण्डमध्ये १ सय ८ किमी खण्डको सिमरा–बर्दिवास, १ सय २७ किमी खण्डको सिमरा–तम्सरिया र ६५ किमी खण्डको तम्सरिया–बुटवलको डीपीआर तयार भइसकेको छ । यस्तै सोही रेलमार्गमा जोडिने लिङ्क रेलमार्गमध्ये सिमरा–वीरगञ्जको २८ किमी र बुटवल–भैरहवा–लुम्बिनीको ४४ किमीको डीपीआर पनि तयार भएको सर्वेक्षणमा उल्लेख छ ।

उक्त रेलमार्गमा पर्ने १ सय ८ किमी सिमरा–बर्दिवास खण्डमध्ये ३० किमी लम्बाइ निर्माणका लागि ठेक्कापट्टाको काम भइरहेको सर्वेक्षणमा उल्लेख गरिएको छ । यस्तै, सर्वेक्षणअनुसार बर्दिवास–लालबन्दीको ३० किमी खण्डमध्ये ९ किमीमा रेल्वे ट्र्याकवेड, कल्भर्ट तथा पुलहरू निर्माणको काम पनि पूरा भइसकेको छ ।

भारत सरकारको सहयोगमा पहिलो चरणमा १८ किमी लामो बथनाहा–कटहरी तथा ६९ किमी लामो जयनगर–जनकपुर–बिजलपुरा–बर्दिवास निर्माणाधीन रेलमार्गको ७० प्रतिशत काम पनि पूरा भएको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणअनुसार २ सय ६२ किलोमिटर लामो बर्दिवास–काँकरभिट्टा खण्ड र इटहरी–विराटनगर लिङ्कको डीपीआर पनि तयार हुने अवस्थामा छन् । ४ सय २१ किमी रहेको बुटवल–गड्डाचौकी खण्डको डीपीआर तयारका लागि परामर्शदाता छनोट कार्य पनि भइरहेको छ । यस्तै १ सय ३५ किमी लामो निजगढ–हेटौंडा–भरतपुर हुँदै नवलपरासी खण्डको सम्भाव्यता अध्ययन भइरहेको छ । चीनसँगको सम्पर्क सेतुका रूपमा हेरिएको रसुवा–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको डीपीआर प्रतिवेदन २ वर्षमा तयार गर्ने गरी काम शुरू भएको छ ।      अभियान दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...