केपी ओली-कमल थापाबीच वार्ता



हाम्रो इकोनोमि

काठमाडौं । प्रधानमन्त्री निर्वाचनमा विपक्षमा उभिन एमालेले गरेको आग्रहराई राष्ट्रिय प्रजातन्त्र पार्टीले अस्वीकार गरिदिएको छ ।

सिंहदरबारस्ति एमालेको संसदीय दलको कार्यालयमा शुक्रबार दिउँसो अध्यक्ष केपी ओली र राप्रपाका अध्यक्ष कमल थापाबीच भएको वार्तामा कांग्रेस–माओवादी केन्द्रको गठबनधनको विपक्षमा उभिने विषयमा छलफल भएको हो । ओलीले वर्तमान सरकारलाई असयोग गर्ने दलहरूको मोर्चामा आउन थापासँग आग्रह गरेका थिए ।

एमाले अध्यक्ष ओलीसँगको वार्तापछि सम्वाददाताहरूसँग कुरागर्दै राप्रपा अध्यक्ष कमल थापाले एमालेले आफ्नो हठ् त्याग्नुपर्ने बताए । उनले भने, ‘एमालेले पनि संसद चल्न दिनुपर्छ । हठ त्याग्नु पर्छ । भरतपुरको मतगणना सुरुचारु गर्नुपर्छ ।’

भरतपुरमा च्यातिएका मतपत्रलाई बदर गर्ने कानूनी व्यवस्था रहेको भन्द्र अध्यक्ष थापाले भने, ‘च्यातिएका मतपत्रलाई बदर गरेर मतगणना गर्न सकिन्छ । यही सुझाव दिएको छु ।’

प्रधानमन्त्री निर्वाचनका विषयमा अध्यक्ष थापाले भने, ‘संसद अबरोध भएको अवस्थामा सूचनाबाट प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अगाडि बढाउन सकिन्छ । त्यो कानूनी व्यवस्था छ । तर, एमालेले सदन चल्न दिनुपर्छ भनेको छु ।’

सरकार गठनका बेला राप्रपाले के गर्छ भन्ने प्रश्नमा अध्यक्ष थापाले भने, ‘अहिले नै यही हुन्छ भन्ने छैन । तर, पार्टीमा सरसल्लाह गरेर प्रधानमन्त्री निर्वाचनमा कांग्रेसलाई सहयोग गर्ने अवस्था रहन सक्छ ।’दैनिक नेपाल

प्रतिक्रिया दिनुहोस
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...