आइतबार प्रधानमन्त्रीका लागि निर्वाचन हुने



हाम्रो इकोनोमि

काठमाडौँ । सभामुख ओनसरी घर्तीले प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतको विपक्षी दलले लगातार व्यवस्थापिका संसद अवरुद्ध गरेपछिसूचना टाँसेर प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु गर्नु परेको बताउनु भएको छ । 

सभामुख घर्तीले सूचनामार्फत नै बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न राष्ट्रपति विद्या भण्डारीबाट आहृवान भएको जानकारी दिनु भएकाले प्रधानमन्त्री चयनको कार्यतालिका सार्वजनिक गर्नु परेको बताउनु भएको छ । 

संसद सचिवालयले सार्वजनिक गरेको प्रधानमन्त्री निर्वाचन तालिका अनुसार शनिबार बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता समय तोकिएको छ । आइतबार बिहान ११ बजेको संसद बैठकमा निर्वाचन हुनेछ ।

यसअघि प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहमतिको प्रयासका लागि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समिति र दिउँसो तीन दलको बैठकमा सत्तापक्ष र विपक्षी दलबीच सहमति हुन सकेन । 

प्रतिक्रिया दिनुहोस
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...