गीतकार कुसुम गजमेरको निधन



हाम्रो इकोनोमि

काठमाडौँ । गीतकार कुसुम गजमेरको बिहीबार निधन भएको छ । कलेजोसम्बन्धी रोगबाट ग्रस्त हुनुभएकी संगीतकार गजमेरको भारतको मुम्बइमा उपचारका क्रममा निधन भएको हो ।

नेपाली संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी गजमेरको मोहनी लाग्ला है, वीरताको चीनो, झझल्को लिएर आएछ साउन, यो मुटुलाई, चिया बारीमा, माया के होला जस्ता गीतहरु निक्कै लोकप्रिय छन् ।

गजमेरले लेखेका गीतहरुमा आशा भोस्ले, नारायणगोपाल, उदित नारायण झा, दीपा झालगायतका चर्चित गायक गायिकाले स्वर दिएका छन् । कुशुमका गीतहरु अहिले पनि त्यतिकै लोकप्रिय छन् ।

भारतको दार्जलिङमा विक्रम संवत २००२ असोज १७ गते जन्मेकी ७२ वर्षीय गजमेर लामो समयदेखि मुम्बईमा बस्दै आउनु भएको थियो । वरिष्ठ संगीतकार रञ्जीत गजमेरकी श्रीमती कुसुमले कुसुमे रुमाल, दर्पण छाँया, बाँसुरी, लाहुरे, देउता, पिरती, सम्झना, चिनो, दुई थोपा आँसुलगायत थुप्रै नेपाली चलचित्रमा गीत लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...