सेना बन्यो सक्रिय, गाउँ गाउँमा सैन्य दस्ता



हाम्रो इकोनोमि

नुवाकोट । विद्यालयतहका विद्यार्थीलाई अनुशासन कायम गराएर स्वयम्सेवी दस्ता उत्पादन गर्न नेपाली सेनाको श्रीनाथ गण देवीघाटले भैरवी माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिम सञ्चालन गरेको छ ।

सय दिनसम्म सञ्चालन हुने तालिममा भैरवी माविमा अध्ययनरत १८ जना छात्र र १८ छात्रा गरी ३६ जना विद्यार्थीलाई नेपाली सेनाको केन्द्र र जिल्लाबाट परिचालन भएका प्रशिक्षकले प्रशिक्षण दिन सुरु गरेका छन् । खैरो रङको पोसाक (कम्ब्याड)मा सजिएका विद्यार्थीलाई क्याडेट नाम दिइएको छ ।

झट्ट हेर्दा तालिमे ‘सैन्य दस्ता’ जस्तै देखिने खैरो पोसाकमा सजिएका प्रशिक्षार्थी क्याडेटलाई सैनिक पोसाकमा रहेका नेपाली सेनाका प्रशिक्षकले प्रशिक्षण दिन सुरु गरेका छन् ।

विद्यालयमा सञ्चालित तालिममा दैनिक दुई घन्टाको दरले ७९ दिन प्रशिक्षण दिने राष्ट्रिय सेवा दल जुनियर डिभिजनका प्रशिक्षक सुरज दङ्गालले जानकारी दिए । विद्यालयको प्रशिक्षणपश्चात् वार्षिक सामूहिक क्याम्पका लागि २१ दिन आवासीय व्यवस्थासहित सैन्य तालिम केन्द्र नवलपरासी हात्तीखोरमा लैजाने योजना छ ।

स्थान विशेषको रुपमा ७९ दिनसम्म क्याडेटलाई शारीरिक व्यायाम, मास पिटी, तेक्वान्दो, बक्सिङ, खाली हात ड्रिल, खुकुरी ड्रिल, सेरोमोनियल ड्रिल, सैनिक कला, फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, कम्पास जीपीएसलगायतका साहसिक तालिम दिइने क्याडेटका प्रशिक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

विद्यालयमा सञ्चालित तालिमपश्चात् हात्तीखोरमा २१ दिनसम्म अतिथि भाषणकला, नेतृत्व विकास, व्यक्तित्व विकास, स्वप्रवद्र्धन, राष्ट्रिय एकता, ट्राफिक सचेतना, चेलीबेटी बेचबिखन तथा लागुपदार्थ दुव्र्यसन, सैनिक कला एवम् महिला तथा बालअधिकार संरक्षणसम्बन्धी तालिम दिने योजना रहेको श्रीनाथ गण देवीघाटका प्रमुख सेनानी एवम् गणपति रोहित गुरुङले जानकारी दिए ।

‘अनुशासन नै राष्ट्र सेवाको मूल जड हो’ भन्ने आर्दश वाक्य लिएर ७५ जिल्लामा रहेका १६५ विद्यालयका छ हजार विद्यार्थीलाई स्वयम्सेवी दस्ता उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाको राष्ट्रिय सेवा दलका जुनियर डिभिजन एनसिसीले तालिम सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...