काठमाडौ । सुडान कान्डमा दाेषी ठहर पूर्व २ अाइजीपी अाेमविक्रम राणा र हेमबहादुर गुरूङ, पूर्व एअाजी दीपकसिंह थाङदेन र पू्र्व डीअाइजी दीपक श्रेष्ठ डिल्लीबजार कारागार चलान भएका छन् । उनीहरूले अाजै अपरान्ह सर्वाेच्च अदालतमा अात्मसमर्पण गरेका थिए।
तत्कालिन प्रधानन्यायाधीश शुशीला कार्की सहितको ईजलासले पूर्बप्रहरी आईजीपी ओमबिक्रम राणालाई २ बर्ष कैद र ५ हजार जरिवाना, पूर्ब आईजीपीहरु रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई १/१ बर्ष कैद र ४०/४० हजार जरिवाना सुनाएको थियो ।
पूर्ब प्रहरी अधिकृतहरु श्यामसिँह थापा, दिपकसिंह थाङदेन लाई ११ बर्ष कैद र ४०/४० हजार जरिवाना तथा दिपक कुमार श्रेष्ठ र रबि प्रताप प्रताप राणा ६/६ महिना कैद र ३०/३० हजार जरिवाना तोकेको थियो।