मन मिल्दा सम्म जतन, बिग्रे पछी किन गर्भपतन ?



हाम्रो इकोनोमि

काठमाडौँ । गर्भपतनले कानुनी मान्यता पाएपछी बिकृती बढ्न थालेको छ। पछिल्ला दिनमा गर्भपतन गराउनेको संख्या बढे संगै बिकृती पनि बढ्न थालेको हो।१४ देखी २५ वर्ष उमेर समुहका अबिबाहित युवतीहरुले गर्भपतन बढी मात्रामा गराउने हालै सार्बजनिक गरिएको आकडामा उल्लेख छ। लिभिङ्ग टुगेदर,प्रेमी प्रेमिका र साथी भाइको नजानिदो उठबस अनि प्रलोभनका कारण धेरैले गर्भपतन गराउने गरेका छन् । मन मिले पछी सहबास गर्ने र कुरा मिल्न छोडे पछी जब स्वार्थ बाझिन्छ त्यसपछी गर्भपतन गराउनेको संख्या बढेको सरोकारवाला हरुको भनाइ छ।

 

काठमाडौँ । गर्भपतनले कानुनी मान्यता पाएको १५ वर्षको अवधिमा दश लाख ५१ हजार ले मात्र गर्भपतन सेवा लिएका छन् ।मुलुकी ऐनको ११आँै संशोधनमार्फत स्वास्थ्य मन्त्रालयले २०५९ साल असोज १० गतेबाट सो सेवा सुरुवात गरेको थियो ।

गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भ, बलात्कार वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ वा गर्भपतन नगराएमा महिलाको ज्यानमा खतरा हुनसक्ने खतरा भएमा जुनसुकै समयमा पनि महिलाको मञ्जुरीमा गर्भपतन गराउन सकिने व्यवस्था रहेको छ ।
३८ प्रतिशत प्रजनन उमेरका महिलालाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको ज्ञान रहेको छ ।

गर्भवती महिलामध्ये २५ प्रतिशत महिला नचाहँदा नचाहँदै गर्भवती हुने गरेका छन् ।सुरक्षित गर्भपतन सेवा अकालमा मातृमृत्युलाई रोक्नका लागि आएको हो, तर यसको दुरुपयोग बढेको छ ।औषधिद्वारा गरिने, चिकित्साद्वारा गरिने गरी दुई विधिमार्फत गर्भपतन सेवा सञ्चालनमा रहेको छ ।अहिलेसम्ममा ८०९ स्वास्थ्य संस्था गर्भपतन सेवाका लागि सूचीकृत भइसकेका छन् ।
भ्रूण (लिङ्ग) पहिचान गरी गर्भपतन गराउन नदिने भने पनि महँगो शुल्क लिएर त्यो सेवा सरकारी अस्पतालले दिने गरेको गुनासो आउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...