विश्लेषण: मधेशमा राजपा बलियो की उपेन्द्र यादब ?



हाम्रो इकोनोमि

काठमाडौँ/राजपा चुनाबमा नजाने यसकारण पक्का भएको छ,उसले भन्दै आएको संबिधान संसोधन चुनाब अगाडी गर्न दलहरु तयार छैनन् र राजपा पनि संबिधान संसोधन बिना चुनाबमा जान सक्दैन । अब मधेशमा चुनाबमा जाने उपेन्द्र यादब हिरो हुने हो की राजपा हिरो हुने हो त्यो हेर्न बाकी छ।अन्तत मधेशमै उपेन्द्र यादव हिरो,राजपाको हालत विप्लव,वैद्य माओवादीको स्थितीमा पुग्ने देखिएको छ । विजय गच्छदार र उपेन्द्र यादव समूह निर्वाचनमा जाने तर राजपा खेमा निर्वाचनमा नजाने भए पछि आगामी पाँच वर्षसम्म राजपाको हालत विप्लप वैद्य माओवादीको स्थितीमा पुग्ने देखिँदैछ ।

स्थानीय तहको निर्वाचनमा भाग नलिए पछि प्रदेश तथा केन्द्रमा समेत राजपाको प्रतिनिधित्व नहुने पक्का छ । यसो हुनु भनेको सत्ताभन्दा बाहिर रहनु हो । अर्थात निर्वाचनबाट भाग्नु भनेको विप्लव,वैद्य माओवादीको बाटोमा पुग्नु हो । जुन बाटो अहिले राजपाले पछ्याइरहेको छ ।
राजपालाई खुसी पार्नकै लागि सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्यो । त्यस्तै उसैलाई मनाउने नाममा चुनावको मिति सार्दै अषाढ १४ सम्म पुर्यायो । यद्यपि राजपाका नेताहरुको दिल खुस भएन । संविधान संशोधनको अड्को थाप्ने राजपाका नेताहरु प्रधानमन्त्री निर्वाचनमा भाग लिन तीन पटक टाउकोले टेकेर आए । तर २० वर्ष देखि स्थनीय तहमा जनप्रतिनिधि चुन्ने निर्वाचन विथोल्ने रणनीति बनाउनमा व्यस्त छन । हिजो मात्र निर्वाचनमा राजपालाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको छलफलमा राजपाका नेताहरुले निर्वाचन सार्न माग गरेका हुन् ।

योसँगै राजपा निर्वाचनमा जाने सम्भावना कमजोर भएको छ । राजपा निर्वाचनमा नगए मधेस आन्दोलनको एउटा धार छुट्ने छ । यो पक्ष राजनीतिक मूलधारबाट समेत औपचारिक रुपमा अलग हुन्छ । उपेन्द्र यादव र विजय गच्छदारका दल निर्वाचनमा जाने, तर ६ दल मिलेर बनेको राजपा निर्वाचनमा नजाने अवस्थामा मधेसको राजनीति औपचारिक रुपमा कित्ताकाट हुने देखिएको छ । अब मधेसभित्रै निर्वाचन पक्षधर र निर्वाचनविरोधी हुनेछन् । यस्तो कित्ताकाटले मधेसको समस्या थप जटिल बन्ने विश्लेषक तुलानारायण साहको मत छ । अहिले निर्वाचनमा नजाने भनेको स्थानीय तहको नेतृत्वबाट ५ वर्षसम्म पूर्णतः अलग हुनु हो । त्यस्तै स्थानीय तहमा भूमिकाविहीन भएको दल प्रादेशिक र संघीय निर्वाचनमा सहभागी हुने सम्भावना स्वतः कम हुन्छ । यसले दीर्घकालीन तनाव निम्त्याउने देखिन्छ ।

निर्वाचनमा सहभागी हुने विषयमा भएको अलमलले राजपाका जिल्ला र स्थानीय तहका नेताले पार्टी छाड्न थालेका छन् । स्थानीय स्तरका नेताहरु राजपा छाडेर उपेन्द्र यादवको संघीय समाजवादी फोरम, विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरम, कांग्रेस, एमाले र माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन् । यसले राजपालाई थप घाटा हुने छ । यस्तै ताल रहिरहे राजपा कार्यकर्ता बिहिन नेताको पार्टीका रुपमा विश्वमै दहरिने सम्भावना बढ्न थालेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...