हवाई कार्वाहीमा ४९ जना मारिए



अफगानिस्तानका विभिन्न प्रान्तमा गत २४ घण्टाभित्र गरिएका छुट्टाछुट्टै इलाकामा गत २४ घण्टाभित्र आतङ्ककारीविरुद्ध गरिएको हवाई कारबाहीको क्रममा कम्तीमा ४९ जना आतंककारी मारिएको खबर छ ।अफगानिस्तानको गृह मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । अफगानिस्तानमा पछिल्लो समयमा हिंसा बढेको समाचारमा जनाइएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानमा तालिबान आतङ्ककारी समूहको एक आखाडालक्षित हवाई आक्रमणमा कम्तीमा १८ तालिबान आतंककारी मारिनुको साथै १४ जना घाइते भएका जनाइएको छ ।

त्यस्तै छिमेकमा पर्ने कान्दाहार प्रान्तको मरुफ जिल्लामा भएको यस्तै कारबाहीमा परी नौ तालिबान आतङ्ककारी मारिनुको साथै सात घाइते भएका बताइएको छ । यसैगरी जाबुल प्रान्तको डेचोपान जिल्लामा भएको हवाई आक्रमणमा परी १० आतङ्ककारी मारिएका छन् । अफगानिस्तानमा हवाई कारबाहीमा अफगान सुरक्षा बललाई अमेरिकी र नेटो सैनिकले सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
इलाममा यसरी हुँदैछ मतगणनाको तयारी

     इलाम क्षेत्र २ को मतदान सकिएको छ । मतगणना सकिएसँगै मुचुल्का

आफूलाई सर्वेसर्वा ठान्दा ०७४ को अवसर गुमायौं : माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको

रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको विवाद मिल्यो

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता

इलाम २ मा आज रातीबाटै मतगणना सुरु गर्ने तयारी

    इलाम क्षेत्र २ मा मतदान सकिएपछि आजै मत पेटिका सङ्कलन गर्ने