झापाको चियाबगानमा १२ दिनदेखि पूर्वराजारानीको बास
राजसंस्था पुनर्स्थापनाका लागि गत जेठ १५ गतेदेखि काठमाडौंमा राजावादी गठबन्धनले आन्दोलन गरिरहेको छ । दिनहुँ धर्ना–जुलुसहरू भइराखेका छन् । तर सरकार र गणतन्त्रवादी दलहरूले कुनै टेरपुच्छर लगाएका छैनन् । काठमाडौंमा राजावादी आन्दोलन चलिरहँदा पूर्वराजारानी भने काठमाडौंमा छैनन । उनीहरू