माग्ने बुढाको कमेडी हब भोलिदेखि प्रशारणमा आउँदै



 

 

हास्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को निर्देशनमा रहने हाँस्यव्यङ्ग्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’ जेठ ११ गते बुधबारदेखि हरेक हप्ता प्रशारण हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शोका विषयमा औपचारिक जानकारी गराइएको हो । युवा हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलको परिकल्पना रहेको टेलिभिजन कार्यक्रम एपीवान टेलिभिजनबाट हरेक बुधबार बेलुका ८ बजेपछि आउने भएको छ ।

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हाँस्यविधाका चर्चित कलाकारले यस कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै महजोडीले शोको सफलताको कामना दिए । अभिनेता दीपकराज गिरीले पछिल्लो समय नेपालमा हाँस्यव्यङ्ग्य विधालाई रुचाइन थालिएको बताए । अभिनेता मनोज गजुरेलले हँसाउनु, सामाजिक सन्देश र एकताको सन्देश दिनु कमेडीको उद्देश्य रहेको बताए ।

अभिनेता जितु नेपाल ‘मुन्द्रे’ले पछिल्लो समय टेलिभिजन हेर्ने बानी कम भएको भन्दै अहिले दर्शकले टीभी नभएर टीभीले दर्शक हेर्ने परिस्थिति आएको भन्दै ठट्टा गरे ।

एक दर्जनभन्दा बढी नयाँ पुस्ताका कमेडी कलाकारलाई लिएर मिडिया हबले कार्यक्रम निर्माण गर्न लागेको हो । कार्यक्रममा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेश पन्त,सुवोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेले कमेडी पस्किने छन् ।

जनकदीप पराजुलीको प्रविधि निर्देशन, सागर प्रधानको छायांकन र फूर्वा शेर्पाको श्रृंखला निर्देशन रहने कार्यक्रममा नाटक, प्रहसन, स्ट्याण्डअप, प्यारोडी, हास्यकविताका विधा समेटिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘नम्बरी सुन’मा पत्रकार संगिता शर्मा

    राजु गिरीको निर्देशनमा चलचित्र ‘नम्बरी सुन’मा समाजसेबी तथा पत्रकार संगिता शर्मा

पत्रकारसँग किन डेट गर्नु हुँदैन ?

  पत्रकारितालाई समाजमा आकर्षित र सम्मानित पेसाकाे रूपमा लिइन्छ। पत्रकार शब्द नै मानिसलाई

ललितपुर–३ का नागरिक समाजले भने : धन्यवाद अध्यक्ष ओली ज्यु

    युवा नेतालाई ललितपुर–३ प्रतिनिधि र प्रदेश सभा सदस्यमा टिकट दिएकोमा ललितपुर

मोडल गणेशमान घलेको ‘सोल्टीनी क्या राम्री’ बजारमा

    मोडल तथा नायक गणेशमान घलेले अभिनय गर्नु भएको ‘सोल्टीनी क्या राम्री’