प्रदर्शनकारीले संसद भवन तोडफोड र आगजनी गरे
जेनजी आन्दोलन देशभर नियन्त्रणबाहिर गएको छ । प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन छिरेर तोडफोड र आगजनी गरेका छन् । उपत्यकाका सबै प्रहरी युनिटका प्रहरी अहिले भिड नियन्त्रणमा लिन नसकेपछि सादा पोशाकमा बाहिर निस्केका छन्, प्रधानमन्त्रीले भर्खरै राजीनामा दिइसकेका छन् ।


